विनिता राईले जितिन आइएफबिबीको महिलातर्फ स्वर्ण पदक
काठमाडौं, फागुन ४ : विनिता राईले आइएफबिबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप २०१९ को ओमेन फिजिकमा स्वर्ण पदक जितेकी छिन्।
....
काठमाडौं, फागुन ४ : विनिता राईले आइएफबिबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप २०१९ को ओमेन फिजिकमा स्वर्ण पदक जितेकी छिन्।
शनिबार काठमाडौंको प्रज्ञा भवनमा भएको उक्त प्रतिस्पर्धाको महिला क्याटागोरिमा राईले विनाप्रतिद्वन्द्वी पदक तिजेकी हुन ।
नेपालमा पहिलो पटक आयोजना भएको प्रतियोगितामा स्वर्ण पदकसँगै विनिताले ‘प्रो कार्ड’ जितेकी छिन्।

अव उनले अमेरिकाको लास भेगासमा हुने मिस्टर ओलम्पियामा भाग लिन पाउने भएकी छन्। बडिबिल्डिङको सबैभन्दा ठूलो प्रतियोगिता मानिने मिस्टर ओलम्पियामा भाग लिन प्रो कार्ड आवश्कता पर्छ।
यस्तै मेन्स बडिबिल्डिङको प्रो कार्ड इंग्ल्यान्डका जानी डो रिगोले जितेका छन्। बडिबिल्डिङको समग्र प्रतिस्पर्धामा उनी विजेता भएर प्रो कार्ड जितेका हुन्।
पुरुष शारिरीक सुसंगठनका् प्रो कार्ड भारतका सौराम्ती सिंहले जितेका छन्। उनले अन्तिम प्रतिस्पर्धामा रहेका तीन खेलाडीलाई पछि पारेका थिए।
.jpg)
मेन्स क्लासिक फिजिकको प्रोकार्ड सिरियाका अमिर हुसेन सैलादिनले जिते ।
प्रो कार्ड जितेका चार बडिबिल्डरले अब आगामी सेम्टेम्बरमा हुने मिस्टर ओलम्पियामा भाग लिने अवसर पाउनेछन्।
शनिबार प्रज्ञा भवनमा चार प्रो कार्डका लागि नेपाल, भारत, कतार, इरान, सिरिया, साउदी अरेबिया र युएईका बडिबिल्डरले प्रतिस्पर्धा गरेका थिए। ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’ ‘मेन्स बडिबिल्डिङ,’ र महिलातर्फको ‘ओमन फिजिक’मा ‘प्रो कार्ड’ का लागि २० खेलाडीबीच प्रतिस्पर्धा भएको थियो।

प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय निर्णायक पनि नेपाल आएका थिए। यस्तै ख्यातिप्राप्त बडिबिल्डर रोली विङ्कलारले पनि प्रतियोगितामा गेस्ट पोजरको रुपमा आफ्नो प्रस्तुति दिएका थिए। उनी यस वर्षको आर्नोल्ड क्लासिक विजेता हुन्।
तीन पटकका मिस्टर नेपाल र दुई पटकको धर्मश्री च्याम्पियन सानु गुरुङले आइएफबीबीको फे्रन्चाइज नेपाल भित्र्याएर प्रो क्वालिफायर आयोजना गरेका हुन्।











