Kathmandu Press

ए डिभिजन लिग : संकटासँग एपिएफ पराजित

ए डिभिजन लिग : संकटासँग एपिएफ पराजित

काठमाडाैं, वैशाख ३ : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले नेपाल एपीएफ क्लबलाई पराजित गरेको छ।

आइतबार च्यासल मैदानमा भएको निकै रोमाञ्चक खेलमा ९ खेलाडीमा समेटिएको संकटाले १० खेलाडीमा समेटिएको एपीएफलाई १–० गोल अन्तरले पराजित गरेको हो।

संकटाको जितमा जुनियर ओन्गुइने एनकेन्गुएले निर्णायक गोल गरे। जुनियरले खेलको २९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन्।

एपीएफका एडमा डोम्बियाले आयुष घलानलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि संकटाले पेनाल्टीको अवसर पाएको थियो। संकटाको यो चौंथो जित हो।

संकटाले १५ अंक जोडेको छ। एपीएफको  ११ अंक रहेको छ। 

प्रकाशित मिति: १८:१६ बजे, आइतबार, वैशाख ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्