Kathmandu Press

प्राकृतिक सम्पदाको विनाशले सङ्कट निम्तन्छ : पूर्वराष्ट्रपति  यादव

काठमाडौं, माघ १२ : पूर्वराष्ट्रपति रामवरण यादवले विकासको नाममा भइरहेको प्राकृतिक सम्पदाको विनाशले सङ्कट निम्त्याउने खतरा रहेको औल्याएका छन् । भक्तपुरक....

प्राकृतिक सम्पदाको विनाशले सङ्कट निम्तन्छ : पूर्वराष्ट्रपति  यादव

काठमाडौं, माघ १२ : पूर्वराष्ट्रपति रामवरण यादवले विकासको नाममा भइरहेको प्राकृतिक सम्पदाको विनाशले सङ्कट निम्त्याउने खतरा रहेको औल्याएका छन् । भक्तपुरको कमलविनायकस्थित भोकेशनल एकेडेमीमा शनिबार रवीन्द्र पुरी फाउण्डेशन फर कन्जरभेशनको १० औंँ वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै उनले तराईको चुरेदेखि पहाडको डाँडासमेत नासिदै गएकोमा चिन्ता व्यक्त गरे ।

पूर्वराष्ट्रपति यादवले भने, “अन्नको भण्डारको रुपमा लिइने तराई र काठमाडौँ उपत्यकामा अन्न रित्तिसक्यो, ढुङ्गेधारादेखि पानीको स्रोत सबै सुकिसक्यो, तराईदेखि पहाडसम्मका प्राकृतिक स्रोत, सम्पदा र साधनको विनाशले कस्तो अवस्था अवस्था आउला, त्यही सम्झेर चिन्ता लाग्छ ।” कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले सम्पदाको संरक्षण गरी रवीन्द्र पुरीले देशलाई  योगदान पुर्‍याएको चर्चा गर्दै प्राचीनकालदेखिको सम्पदालाई जोगाउनुपर्नेमा विशेष जोड दिए ।

परम्परागत, पुरातात्विक सम्पदा र परम्परागत मौलिक बोकेको घरहरु मासिदै जानु र नेपालको मौलिकता, परिचय नभएका ठूल्ठूला घरहरुको निर्माण हुनु आत्मा नभएको शरीर उभिएजस्तै भएको उनले टिप्पणी गरे । नेपालस्थित जर्मन राजदूत रोल्याण्ड सहिफरले पुरीले सम्पदा संरक्षणमा पु¥याएको योगदानको चर्चा गर्दै नेपालको सुन्दरता, मौलिक संस्कृतिलाई जोगाउन सहयोग गर्ने बताए ।

 शिक्षाविद् केदारभक्त माथेमाले सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताउँदै सरकारको शिक्षाको विकासमा आवश्यकताअनुसार ध्यान पुर्‍याउनुपर्नेमा जोड दिए । संस्थाका अध्यक्ष पुरीले सम्पदाको संरक्षणमा अझै पनि सरकारका कतिपय निकाय र व्यक्तिले असहयोग गरेको बताउँदै जीवन रहेसम्म सम्पदा संरक्षणमा निरन्तर लागिरहने बताए । 

प्रकाशित मिति: ०७:१७ बजे, आइतबार, माघ १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्