Kathmandu Press

सूर्य नेपाल गल्फको एनपिजिए टुर सोमबारबाट

प्रतियोगिताकाे विजेताले १ लाख ४० हजार रुपैयाँ पाउने छन् भने उपविजेताले ९० हजार र तेस्रोले ६७ हजार पाउनेछन्।
सूर्य नेपाल गल्फको एनपिजिए टुर सोमबारबाट

काठमाडाैं, वैशाख ३ : सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सातौं प्रतियोगिता सुर्य नेपाल एनपिजए टुर च्याम्पियनसिप सोमबारबाट सुरु हुने भएको छ ।

आयोजक नेपाल गल्फर एसोसियसनले आइतबार पत्रकार सम्मेलन गर्दै एनपिजिए टुर सोमबारबाट सुरु हुने जानकारी दियो। प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुनेछ।

प्रतियोगितामा ३२ प्रोफेसनलसहित एमेच्योर गल्फरको सहभागिता रहनेछ । प्रतियोगितामा भुवन नगरकोटी, जयराम श्रेष्ठ, संजय लामा, धन थापा, रामे थापामगर, निरज तामाङलगायतले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताकाे विजेताले १ लाख ४० हजार रुपैयाँ पाउने छन् भने उपविजेताले ९० हजार र तेस्रोले ६७ हजार पाउनेछन्। यस्तै, यस्तै शीर्ष २१ मा पर्ने खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने  आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति: १६:१२ बजे, आइतबार, वैशाख ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्