Kathmandu Press

यसरी मनाए काठमाडौंमा सोनाम ल्होछार (तस्विर सहित)

काठमाडौं, माघ ११ : तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछार २८५६ काठमाडौंमा मनाइएको छ। 

शनिबार राजधानीको टुडिखेलमा तामाङ समुदायले एक कार्....

यसरी मनाए काठमाडौंमा सोनाम ल्होछार (तस्विर सहित)

काठमाडौं, माघ ११ : तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछार २८५६ काठमाडौंमा मनाइएको छ। 

शनिबार राजधानीको टुडिखेलमा तामाङ समुदायले एक कार्यक्रमकाबीच ल्होछार पर्व मनाएका छन्। माघ शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्षारम्भका रूपमा तामाङ जातिले यस पर्वलाई मनाउदै आएका छन्। 

कार्यक्रममा सांसद प्रेम तामाङ, तामाङ समुदायका अगुवा राजनीतिज्ञ कमानसिंह तामाङ, पर्शुराम तामाङलगायतले आफ्नो समुदायले उठाएका मुद्दालाई सरकार र प्रमुख राजनीतिक दलबाटै सम्बोधन गर्न कञ्जुस्याइँ गरेको गुनासो गरेका थिए। 

महोत्सवमा तामाङ समुदायको संस्कृति, भेषभूषा झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

तस्विरहरु

प्रकाशित मिति: १८:४१ बजे, शनिबार, माघ ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्