‘समृद्ध मुलुक निर्माणको मुख्य आधार नागरिक सचेतना’
चितवन, माघ ११ : विज्ञहरुले नागरिक सचेतनामा हुने सजगतालेनै समृद्ध र लोककल्याणकारी मुलुक निर्माणमा सहयोग गर्ने निष्कर्ष निकालेका छन्।
शन....

चितवन, माघ ११ : विज्ञहरुले नागरिक सचेतनामा हुने सजगतालेनै समृद्ध र लोककल्याणकारी मुलुक निर्माणमा सहयोग गर्ने निष्कर्ष निकालेका छन्।
शनिबार चितवनको भुतपुरमा आयोजित ‘नागरिक शिक्षाको सचेतना साथै वर्तमान शिक्षाको अवस्था र समिक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले नागरिक सचेतनालेनै समृद्ध मुलुकको ढोका खोल्ने धारणा राखेका हुन्।
नागरिक शिक्षा प्रवद्धन समाजलले आयोजना कार्यक्रममा बोल्दै पूर्वसभामुख तथा नागरिक समाजका अगुवा दमननाथ ढुंगानाले शाशकहरु बन्दुक र हतियारभन्दा पनि सचेत नागरिकसँग बढि डराउँने धारणा राखे । ‘शाशकहरु बन्दुक र हतियार भन्दा चेतनशिल नागरिकसँग डराउँछन्’ ढुंगानाले भने, ‘समृद्धि मुलुक, मानवअधिकारको रक्षा, पारदर्शिता र जवाफदेहिता सहितको सुशासनका लागि नागरिक सचेतनाको खाँचो रहेको छ।’
.jpg)
अर्का बक्ता काठमाडौं विश्वविद्यालका पूर्वउपकुलपति डा.सुरेशराज शर्माले लोकतन्त्रले प्रत्यभुत गरेको अधिकारसँगै नागरिक आफ्नो कर्तव्यतर्फपनि उत्तिकै सचेत हुन जरुरी रहेको बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकलाई अधिकार सम्पन्न बनाएको त छ तर अधिकारसँगै कर्तव्य र भूमिका निर्वाह गर्न नसक्ने नागरिक रहेसम्म आदर्श समाज निर्माणको लक्ष्य हासिल हुदैन’ शर्माले भने।
कार्यक्रममा शिक्षाविद् एवं प्रतिनिधिसभा सदस्य उमेश श्रेष्ठले नागरिकमा राम्रो र नराम्रोको प्रशंसा र आलोचना गर्ने चेतको विकास गर्न सके मात्रै समृद्धि मुलुकको सपना साकार हुने बताए । ‘नराम्रो कुरा लादिए पनि चुपचाप बस्नेभन्दा सहिलाई सहि र खरावलाई खराव हो भनेर बोल्न र बहश गर्न सक्ने नागरिकको खाचो छ’ श्रेष्ठले भने, ‘नेतृत्वमा दिर्घकालिन सोच र स्पष्ट नीति नहुनु तथा नागरिक चुपचाप बस्नु दुवै समृद्धिका लागि बाधक छन्।’
कार्यक्रममा राष्ट्रिय योजना आयोका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले सबै क्षेत्रमा पछिल्लो समयदेखिएको अति राजनीतिकरण लोकतन्त्रका लागि घातक हुने बताए। ‘सबै क्षेत्रमा अतिराजनीतिकरण, हिंसा र दण्डहिनता, अरुलाई मात्रै गलत देख्ने प्रबृत्ति तथा एकताबद्ध हुनेभन्दा विभाजित मानसिकताका कारण नागरिकहरु कर्तव्य निर्वाहमा चुकेका छन्’ पोखरेलले भने, ‘सकरात्मक सोचको विकास र आर्थिक समृद्धि हासिल गर्ने एजेण्डामा हामी सबै लागेर त्यो प्रबृत्तिमा सुधार गर्न सकिन्छ ।’ कार्यक्रम विभिन्न क्षेत्रका विज्ञहरु, सरोकारवालाहरुको उपस्थिति थियो ।











