Kathmandu Press

रोहित चन्दले अर्को सिजन पनि पेर्सिजाबाटै खेल्ने

काठमाडौं, माघ ११ : इन्डोनेसियामा व्यवसायिक फुटबल खेलिरहेका नेपाली राष्ट्रिय फुटबल टिमका स्टार मिडफिल्डर रोहित चन्दले आगमी सिजन पनि पेर्सिजा जाकर्ताबाट....

रोहित चन्दले अर्को सिजन पनि पेर्सिजाबाटै खेल्ने

काठमाडौं, माघ ११ : इन्डोनेसियामा व्यवसायिक फुटबल खेलिरहेका नेपाली राष्ट्रिय फुटबल टिमका स्टार मिडफिल्डर रोहित चन्दले आगमी सिजन पनि पेर्सिजा जाकर्ताबाटै इन्डोनेसियन लिग खेल्ने भएका छन्। 

नयाँ सिजन क्लबबाटै खेल्ने पेर्सिजाले राखेको प्रस्ताव रोहितले स्वीकार गरेपछि उनी आगामी सिजन पनि पेर्सिजाकै जर्सीमा देखिने भएका हुन्।

रोहितलाई पेर्सिजाले २ सिजन क्लब रहन गरेको प्रस्ताव उनले स्वीकार गरेको रोहितका दाजु रोबिन चन्दले जानकारी दिएका छन् । उनका अनुसार रोहितले क्लबको प्रस्ताव स्वीकार गरेपनि औपचारिक सम्झौता भने भइसकेको छैन्। 

सहमति पछि रोहितले इन्डोनेसियमा पेर्सिजाबाट अभ्यास पनि थालिसकेको रोबिनले बताए । उनले इन्डोनेसियाभन्दा बाहिरबाट राम्रो प्रस्ताव आएमा भने रोहितलाई रिलिज गर्ने शर्तमा पेर्सिजासँग सहमति भएको बताए। 

रोहित सन् २०१२ लगातार इन्डोनेसियामा फुटबल खेलिहेका छन् । त्यतिखेल रोहित पिएसपिएस पेकनबारुमा आबद्ध भएका थिए । सन् २०१३मा उनी पेर्सिजामा आबद्ध भएका थिए । पहिलो सिजन उनले ३० खेल खेल्दै ३ गोल गरे । अर्को सिजन उनी घाइते भए र पुरै सिजन मैदानबाहिर रहे। 

सन् २०१७ बाट भने लागतार रोहित पेर्सिजाबाटै खेलिरहेका छन् । सन् २०१८ मा पेर्सिजाले लिग जित्दा, रोहित टिमका प्रमुख खेलाडी थिए । रोहित प्रतियोगिताकै उत्कृष्ट खेलाडी समेत बनेका थिए । यसबीचका उनले इन्डोनेसियन लिगमा ९० खेल खेल्दै ८ गोल गरे।

रोहितले मच्छिन्द्र क्लब र मनाङ मस्र्याङ्दीबाट पनि सहिद स्मारक ए डिभिजन लिग खेलेका छन्। 
 

प्रकाशित मिति: १५:५१ बजे, शनिबार, माघ ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्