कोरोना भाइरसको उपचारमा संलग्न चिकित्सको निधन, दक्षिण एसियामा नेपालमा पहिलो संक्रण
काठमाडौं, माघ ११ : चीनमा कोरोना भाइरसको उपचारमा संलग्न एक जना चिकित्सको सोही भाइरसका कारण निधन भएको छ।
साउथ चाइना मर्निङ पोष्टका अनुसार....
काठमाडौं, माघ ११ : चीनमा कोरोना भाइरसको उपचारमा संलग्न एक जना चिकित्सको सोही भाइरसका कारण निधन भएको छ।
साउथ चाइना मर्निङ पोष्टका अनुसार हुबेई सिन्हा अस्पतालका डाइरेक्टर ६२ बािर्षय लियाङ विङलोङको उक्त भाइरसबाट शनिबार विहान निधन भएको हो।
उनलाई कोरोना भाइरस संक्रमण भएको एक हप्ता अघि मात्रै पुष्टि भएको थियो। उनी कोरोना भाइरस संक्रमणको उपचामार सक्रिय थिए।
चीनको हुवेइ प्रान्तबाट सुरु भएको कोरोना भाइरस संक्रमण अहिले अन्य प्रान्तहरुमा पनि फैलिएको छ। चीनको २९ राज्यमा १२ सय ८७ जनालाई कोरोना भाइरस सक्रमण भएको छ। त्यस मध्यपनि सबैभन्दा धेरै ७ सय २९ जना हुवेइमा छन्। हुवेइमा कोरोना भाइरसका कारण २९ जनाको मृत्यु भैसकेको छ।
चीन बोहक हङकङमा ५ जना, मकाउमा २ जना, ताइवानमा ३ जना, अन्य एसियाली मुलुकमा १९ जना, युरोपमा ३ जना, उत्तर अमेरिकामा २ र अष्ट्रेलियामा १ जनामा सक्रमण देखिएको छ।
दक्षिण एसियाली मुलुकमा नेपालमा पहिलो संक्रण देखिएको हो। शुक्रबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर चीनमा अध्ययनरत एक जना नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रण पुष्टि भएको जानकारी गरोको थियो। दक्षिण एसियाली अन्य मलुकमा भाइरस संक्रमण पुष्टि भएको छैन।











