Kathmandu Press

ह्यारी ब्रुकको शतकमा कोलकातामाथि हैदरावादको जित

शुक्रबार राति भएको हैदरावादले कोलकातामाथि २३ रनको जित निकाल्यो। दुवै इनिङमा २ सय बढी रन बनेको खेलमा कुल ४३३ रन बनेको थियो।
ह्यारी ब्रुकको शतकमा कोलकातामाथि हैदरावादको जित

काठमाडाैं, वैशाख २ : हाइस्कोरिङ म्याचमा सनराइजर्स हैदरावाद विजयी भएको छ। शुक्रबार राति भएको हैदरावादले कोलकातामाथि २३ रनको जित निकाल्यो। दुवै इनिङमा २ सय बढी रन बनेको खेलमा कुल ४३३ रन बनेको थियो।

पहिला ब्याटिङ गर्दै हैदरावादले दिएको २२९ रनको लक्ष्य पछ्याएको कोलकाताले ८ विकेट गुमाउँदै २०५ रन बनायो। उसका लागि कप्तान नितिश रानाले सर्वाधिक ७५ रन बनाए। उनले ५१ बल खेल्दै ५ चौका र ६ छक्का प्रहार गरे।

यस्तै, युवा ब्याट्सम्यान रिंकु सिंहले नटआउट ५८ रन बनाए। उनले ३१ बलमा समान चार चौका र छक्का प्रहार गरे। नारायण जगदिशनले २१ बलमा ३६ रन बनाए।

हैदरावादका मार्को यान्सन र मयंक मार्कन्डेयले समान २ विकेट लिए भने भुवनेश्वर कुमार, टि नटराजन र उमरान मल्लिकले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको हैदरावादले ह्यारी ब्रुकको शतक मद्दतमा ४ विकेटको क्षतिमा २२८ रन बनायो। नकआउट रहेका ब्रुक्सले ५५ बलमा १२ चौका र ३ छक्का प्रहार गरे। यो जारी आईपिएलको पहिलो शतक हो।

यस्तै कप्तान एइडन मारक्रमले २६ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५० रन बनाए भने अभिषेक शर्माले १७ बलमा ३२ र हेनरिच क्लासनले ६ बलमा १६ रनको योगदान दिए। कोलकाताका आन्द्रे रसेलले ३ तथा वरुण चक्रवर्तीले १ विकेट लिए।

४ खेलमा लगातार दोस्रो जित निकालेको हैदरावाद ४ अंकसहिन सातौं स्थानमा छ भने ४ अंक नै जोडेको कोलकाता चौथो स्थानमा छ।

प्रकाशित मिति: ०७:२९ बजे, शनिबार, वैशाख २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्