इलाम माईपोखरी म्याराथन
शुक्रबार ४२ दशमलव दुई किलोमिटर दूरी दुई घण्टा ५८ मिनेट १६ सेकेन्डमा पार गर्दै आर्मीका श्रेष्ठ प्रथम भएका हुन्। यस्तै, पुलिसकी पछाई २१ दशमलव १ किलोमिटरको दूरी एक घण्टा ४७ मिनेट ४५ सेकेन्डमा पार गर्दै महिलातर्फ प्रथम भएका छन्।
इलाम, वैशाख १ : इलाम-माईपोखरी म्याराथनमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका हुमलाल श्रेष्ठ र महिलातर्फ नेपाल पुलिसकी राजपुरा पछाई विजयी भएका छन्।
शुक्रबार ४२ दशमलव दुई किलोमिटर दूरी दुई घण्टा ५८ मिनेट १६ सेकेन्डमा पार गर्दै आर्मीका श्रेष्ठ प्रथम भएका हुन्। यस्तै, पुलिसकी पछाई २१ दशमलव १ किलोमिटरको दूरी एक घण्टा ४७ मिनेट ४५ सेकेन्डमा पार गर्दै महिलातर्फ प्रथम भएका छन्।
प्रथम हुने आर्मीका श्रेष्ठले दुई लाख ५० हजार रुपियाँ र महिलातर्फ प्रथम हुने पुलिसकी पछाईले नगद एक लाख रुपियाँ हात पारेका छन्। म्याराथनमा पुरुषतर्फ आर्मीकै मोहनदेव जोशी दोस्रो र आर्मीकै बेद सुनुवार तेस्रो भएका थिए। जोशीले तीन घण्टा पाँच मिनेट ३४ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए।
जोशीले एक लाख ५० हजार नगद हात पारे। तेस्रो हुने सुनुवारले तीन घण्टा पाँच मिनेट ३५ सेकेन्डमा दूरी पार गर्दै एक लाख नगद पुरस्कार प्राप्त गरे। पुरुषतर्फ ९७ धावक सहभागी भएका थिए। महिलातर्फ सशस्त्र प्रहरीको एपीएफकी पुष्पा भण्डारी दोस्रो भए।
भण्डारीले एक घन्टा ५८ मिनेट २१ सेकेन्डमा निर्धारित दूरी पार गर्दै नगद ५० हजार पुरस्कार पाए। आर्मीकी पूर्णलक्ष्मी न्यौपाने एक घन्टा ५९ मिनेट १९ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भए। विजेता खेलाडीहरुलाई नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले पुरस्कार प्रदान गरेका थिए। प्रतियोगिताको आयोजना ईलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र रणशार्दुल गण ईलामले संयुक्त रुपमा गरेका थिए।











