Kathmandu Press

एमसीसी परिमार्जन गरेर संसदबाट पारित हुन्छ : गृहमन्त्री थापा

वीरेन्द्रनगर, माघ ११ : गृहमन्त्री रामबहादुर थापाले मिलियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट परिमार्जन गरेर मात्र पारित हुने बताएका छन्। <....

एमसीसी परिमार्जन गरेर संसदबाट पारित हुन्छ : गृहमन्त्री थापा
फाइल

वीरेन्द्रनगर, माघ ११ : गृहमन्त्री रामबहादुर थापाले मिलियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट परिमार्जन गरेर मात्र पारित हुने बताएका छन्। 

सुर्खेतको वीरेन्द्रनगरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले एमसीसी राष्ट्रिय हितमा हुनुपर्ने बहस चलिरहेको र सभामुख चयन भएपछि संसदमा पशे गरेर परिमार्जनसहित पारित हुने बताएका हुन्। ‘एमसीसी सदनमा प्रस्तुत भएपछि त्यसमा भएका गलत प्रावधान परिमार्जन गरेर मात्र पारित हुन्छ,’ उनले भने।

एमसीसी सरकारले सदनबाटै पारित गर्नुपर्ने किन बाध्यता भन्ने पत्रकारहरुको प्रश्नमा गृहमन्त्री थापाले अमेरिकी सिनेटले पारित गर्ने भएकाले नेपालको सदनबाट पारित गर्नुपर्ने बताए। उनले नेपालको सार्वभौमिकता र स्वतन्त्रतालाई कुण्ठित नहुने गरी एमसीसी सदनबाट पारित हुने बताए।

फरक प्रसंगमा गृहमन्त्री थापाले भारतले सार्वजनिक गरेको नयाँ नक्साका कारण उब्जिएको विवाद र त्यसबाट दक्षिणसँग बिग्रेको सम्बन्ध सुधार गर्न कूटनीतिक प्रयास भइरहेको बताए। 

प्रकाशित मिति: ११:४० बजे, शनिबार, माघ ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्