Kathmandu Press

अग्नि सापकोटामाथि कुनै मुद्दा छैन: प्रचण्ड

भरतपुर, माघ १० :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुखका उम्मेदवार अग्नि सापकोटामाथि कुन....

अग्नि सापकोटामाथि कुनै मुद्दा छैन: प्रचण्ड
फाइल

भरतपुर, माघ १० :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुखका उम्मेदवार अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको बताएका छन्।

चितवनको भरतपुरमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले सांसद सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार गलत भएको बताएका हुन्।  

प्रतिनिधिसभाको सभामुख पदमा नेकपाबाट सिफारिस भई मनोनयन दर्ता गराएका सापकोटा विरुद्धमा मुद्दा भएको सन्दर्भमा सोधिएको प्रश्नमा प्रचण्डले भने, “मैले पटकपटक भनिरहेको छु, अग्नि सापकोटामाथि कुनै मुद्दा छैन।”

सिङ्गै संसद्ले उनलाई स्वीकार गरिसकेको बताउँदै उनले भने, “उहाँको पक्षमा राष्ट्र एक ठाउँमा उभिइसक्यो, यो विषयलाई अनावश्यकरूपमा प्रचार गर्नु कुनै औचित्य छैन। '
 
चितवनमा केही समययता प्रहरी प्रमुखविहीन भएको सन्दर्भमा सोधिएको प्रश्नमा उनले सरकारले आफ्नो अनुकूलतामा प्रहरी प्रमुख पठाउने बताए। प्रहरी नायब उपरीक्षकले राम्रै काम गरिराखेको  भन्दै प्रचण्डले प्रश्न गरे, “यहाँ सुरक्षा खतरा पैदा भएको छ र ? मलाई त केही भएजस्तो लागेको छैन।”

प्रहरी प्रमुख को आउँछ भन्ने कुरा सरकारले नै भन्ने उनले बताए। 

प्रकाशित मिति: १६:४९ बजे, शुक्रबार, माघ १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्