Kathmandu Press

दीपक मनाङ्गेले झापड हानेका मिलन गुरूङ पनि पक्राउ

पोखरा, माघ १० :  गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङ्गेले थप्पड हानेका अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ पनि पक....

दीपक मनाङ्गेले झापड हानेका मिलन गुरूङ पनि पक्राउ

पोखरा, माघ १० :  गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङ्गेले थप्पड हानेका अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ पनि पक्राउ परेका छन्। 

ठगी तथा बैंकिङ कसुरको उजुरी परेपछि शुक्रबार गुरूङलाई पोखराको गैह्रापाटनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए।  गुरूङविरूद्ध ओम गौरा जोस्टेलका सञ्चालक हरिभक्त अचार्यले जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी र बैंकिङ कसुरको जाहेरी दर्ता गराएका थिए। उनकै जाहेरीका आधारमा प्रहरीले अनुसन्धानका लागि गुरुङलाई पक्राउ गरेको डीएसपी केसीले बताए।

यसअघि एन्फा कास्कीका अध्यक्षसमेत रहेका गुरूङलाई सांसद मनाङेले मंगलबार झापड हानेका थिए। त्यसपछि गुरुङकै उजुरीका आधारमा कास्की प्रहरीले सांसद मनाङ्गेलाई बिहीबार अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि पक्राउ गरेको थियो।
 

प्रकाशित मिति: १५:५६ बजे, शुक्रबार, माघ १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्