Kathmandu Press

सांसद दीपक मनाङ्गेलाई दुई दिन हिरासतमा राख्न अनुमति

पोखरा, माघ १० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभाका सांसद राजिव गुरुङ उर्फ दीपक मनाङ्गेलाई दुई दिन हिरासतमा राख्....

सांसद दीपक मनाङ्गेलाई दुई दिन हिरासतमा राख्न अनुमति
फाइल

पोखरा, माघ १० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभाका सांसद राजिव गुरुङ उर्फ दीपक मनाङ्गेलाई दुई दिन हिरासतमा राख्न अनुमति दिइएको छ। 

जिल्ला प्रशासन कार्यालय, कास्कीले अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि सांसद मनाङ्गेलाई दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो। प्रहरीले सांसद मनाङ्गेलाई  बिहीबार पोखराको लेकसाइडस्थित होटलबाट पक्राउ गरेको थियो। 

मनाङेले आफूमाथि हातपात गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) का कास्की अध्यक्ष मिलन गुरुङले ज्यान सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका थिए।  सोही उजुरीका आधारमा प्रहरीले बिहीबार सांसद मनाङ्गेलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति मागेको थियो।

यसअघि मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई सांसद मनाङ्गेले थप्पड हानेका थिए। मुख्यमन्त्री कपको उद्घाटन शत्रअघि मनाङेले जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष गुरुङमाथि मुक्का र लात्ती प्रहार गरेका थिए। 
 

प्रकाशित मिति: १५:४३ बजे, शुक्रबार, माघ १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्