Kathmandu Press

नेपाल एयरलाइन्सका पाइलट भन्छन्, ‘विदेशी र नेपाली पाइलटमा विभेद भयो’

काठमाडौं, माघ १० : नेपाल वायुसेवा निगममा कार्यरत पाइलटले ‘विदेशी र नेपाली पाइलटमा’ विभेद गरिएको भन्दै सामूहिक राजीनामा दिएका छन्।

<....
नेपाल एयरलाइन्सका पाइलट भन्छन्, ‘विदेशी र नेपाली पाइलटमा विभेद भयो’

काठमाडौं, माघ १० : नेपाल वायुसेवा निगममा कार्यरत पाइलटले ‘विदेशी र नेपाली पाइलटमा’ विभेद गरिएको भन्दै सामूहिक राजीनामा दिएका छन्।

निगमको अन्तर्राष्ट्रिय उडान गर्दै आएका २५ जना स्थायी पाइलटले बिहीबार सामूहिक राजीनामा दिएका हुन्। उनीहरुले व्यवस्थापन समितिलाई यसको जानकारी गराएका छन्।

बिहीबार राजीनामा बुझाएको भएपनि तीन महिनाको म्याद दिएको क्याप्टेन श्रवण रिजालले बताए। ‘नियमअनुसार, एक महिना अघि राजीनामा दिनुपर्ने हो,’ क्याप्टेन रिजालले भने, ‘तीन महिनाको म्याद राखेर हामीले व्यवस्थापन समितिलाई व्यवस्थापनमा सहज बनाएका हौँ।’

उनले निगम व्यवस्थापनले अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपाली पाइलटहरुलाई विभेद गरेको आरोप लगाए। नेपाली पाइलटलाई उपलब्ध गराउने सेवा सुविधामा कर काटेर थप एक लाख रुपैयाँ निगमले लिने गरेको उनको भनाइ छ। तर, विदेशी पाइलटसँग भने लिने गरिएको छैन।

‘हामीहरुलाई जानकारी नदिई मासिक एक लाख रुपैयाँ किन र केमा काटिन्छ थाहा छैन्,’ क्याप्टेन रिजालले भने, ‘काम उहि प्रकृतिको हो, तर व्यवस्थापनले दिने सेवा सुविधामा किन विभेद?’

त्यस्तै करमा पनि विभेद भएको उनको भनाइ छ। ‘हामीहरु मासिक रुपमा ३६ प्रतिशतसम्म कर बुझाउँछौँ, तर विदेशीको कर व्यवस्थापनले नै तिरिदिन्छ,’ क्याप्टेन रिजालले भने, ‘अझै हामीबाट करबाहेक मासिक एक लाख रुपैयाँ के का लागि लिइन्छ? थाहा पाउँनुपर्ने हाम्रो अधिकार हो, तर जानकारीबिना काटिन्छ। हामीले के का लागि भन्दा अझै जवाफ पाएका छैनौं।’

यो समय गत सात महिनादेखि झेल्दै आएको उनले बताए। निगम व्यवस्थापनलाई जति आग्रह गर्दा पनि वास्ता नगरेपनि राजीनामा दिन बाध्य भएको पाइलटहरुको भनाइ छ। राजीनामा बुझाउनेमध्ये १५ जना पाइलट हुन् भने १० जना को–पाइलट छन्।

क–कसले दिए राजीनामा?

राजीनामा दिने पाइलटमा एयरबस ३३० (बाइडबडी)का तीन नेपाली क्याप्टेन श्रवण रिजाल, समाज श्रेष्ठ र महेश डंगोल छन्। त्यस्तै, सोही जहाजका ११ को–पाइलटमध्ये १० जनाले राजीनामा दिएका छन्।

एयरबस ३२० का १६ क्याप्टेनमध्ये १२ जनाले राजीनामा दिएका छन्। सोही जहाजका नौजना को–पाइलटमध्ये तीन जनाले राजीनामा दिएका हुन्। राजीनामा दिने पाइलटमा अरबिन पहाडी, सुवास रिजाल, प्रदीपराज भण्डारी, प्रचण्ड खड्का, आरदेवी राणा, सोनी राणा, प्रशान्त राई, अमूल्या शाक्य, महेश्वरमान डंगोल, एनबी विश्वकर्मा, एलबी थकाली, आरके शेरचन, सञ्जय पौडेल, मुकेशकुमार गुप्ता, सुनील श्रेष्ठ, समजकुमार श्रेष्ठ, रमण घिमिरे, श्यामकृष्ण देवाचू, भोविन कठायत र नगेन्द्र भट्टराई छन्।

 

प्रकाशित मिति: १४:२९ बजे, शुक्रबार, माघ १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्