भक्तपुरमा बिस्काको उल्लास [फोटो फिचर]
पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमानढोकाबाट ल्याएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको हो। रथ अपराह्न गःहिटीमा पुर्याइ पहिलो दिनको जात्रा सकिएको थियो।![भक्तपुरमा बिस्काको उल्लास [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/biska1681197543.jpg)
भक्तपुर, चैत २८ : बिस्का जात्राको रौनक भक्तपुरमा सुरु भएको छ। सोमबार बिहान तौमढीस्थित भैरवको रथमा पूजा गरेसँगै बिस्का जात्रा सुरु भएको छ। जात्रा आठ रात नौ दिनसम्म चल्नेछ ।
सोमबार बिहान ५ बजेदेखि नै भैरवको रथमा पूजा खुला खुला गरिएकोृ थियो । पूजा सकिएपछि रथ तान्न सुरु गरिएको थियो ।
पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमानढोकाबाट ल्याएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको हो।
जात्रामा भैरबको रथ तान्ने क्रममा मध्यराति दत्तात्रयमा पुगेपछि ढुङ्गा हानाहान भएपछि मंगलबार बिहान तानेर गःहिटी ल्याइएको छ। रथलाई राति नै गःहिटी ल्याउनुपर्नेमा ढुङ्गा हानाहान भएपछि बिथोलिएकाले दत्तात्रयमै राखेर मंगलबार गःहिटी ल्याइएको हो।
प्यागोडा शैलीमा निर्माण भएको रथलाई सोमबार साँझ थने(माथिल्लो) र क्वने(तल्लो) टोलतर्फ रथ तान्न सुरु गरिएको थियो । रथ तान्ने क्रममा माथिल्लो टोलकाले दत्तात्रय नजिक रथलाई पुर्याएका थिए।
आजको जात्रा सम्पन्न भएपछि ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी लिङ्गो उठाइने जात्रा हुने छ।





















![यसरी भत्काउन थालियो सुकुम्बासी बस्ती [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777099140.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)

![कागबेनीमा श्राद्ध गर्नेहरूको भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1776401827.jpg)