Kathmandu Press

आर्मीले जित्यो राष्ट्रिय हक्की उपाधि

सोमबार राति विराटनगरस्थित सहिद रंगशालामा भएको फाइनलमा पुलिस क्लबलाई १–० ले हराउँदै आर्मी च्याम्पियन बन्यो।
आर्मीले जित्यो राष्ट्रिय हक्की उपाधि

काठमाडाैं, चैत २८ : गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्कीको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ। अर्को विभागी टिम नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि जितेको हो।

सोमबार राति विराटनगरस्थित सहिद रंगशालामा भएको फाइनलमा पुलिस क्लबलाई १–० ले हराउँदै आर्मी च्याम्पियन बन्यो। प्रतियोगितामा पुलिसमा लागतार दुई जित निकाल्यो । उद्घाटन खेलमा पनि आर्मीले पुलिसलाई हराएको थियो ।

४१औं मिनेटमा आर्मीका लागि काशीराज राईले गरेको गोल नै निर्णायक बन्यो। म्यान अफ द म्याच आर्मीकै नितिज न्यौपाने घोषित भए।

उपाधि विजेता आर्मीले ७५ हजार र उपविजेता नेपाल पुलिस क्लबले ४१ हजारका साथै ट्रफी प्राप्त गरेको छ भने तेस्रो बनेको स्थान बनाएको सुदूरपश्चिम प्रदेशले २५ हजार प्राप्त गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक पुलिसका हरिदत्त पाण्डे, उदीयमान खेलाडी सुदूरपश्चिम प्रदेशका महेश नेपाली, सर्वाधिक गोलकर्ता आर्मीका रोमन राना, उत्कृष्ट डिफेन्डर पुलिसका योगेश बारघरे र सर्वोत्कृष्ट खेलाडी आर्मीका नितिश न्यौपाने घोषित भए ।  

चैत २२ गतेदेखि भएको सो प्रतियोगितामा आर्मी, पुलिस, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: ११:०५ बजे, मंगलबार, चैत २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्