Kathmandu Press

वाग्मती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं, माघ १० : वाग्मती प्रदेश सरकारले यही माघ १० गते  प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ ।

तामाङ समुदायको चाड सोनाम ल्होसारका अवसर....

वाग्मती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं, माघ १० : वाग्मती प्रदेश सरकारले यही माघ १० गते  प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ ।

तामाङ समुदायको चाड सोनाम ल्होसारका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको वाग्मती  प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयले सूचना जारी गर्दै प्रदेश सरकारको गत पुस २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार सो दिन  सार्वजनिक बिदा दिइएको जनाएको छ । प्रदेश सरकारले बिदा घोषणा गरेकाले प्रदेशभर छुट्टी हुने वाग्मती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले जानकारी दिए। काठमाडौँ उपत्यकाका हकमा भने केन्द्र सरकारको राजपत्रानुसार हुने उनले बताए ।

गृह मन्त्रालयले गत वैशाखमा प्रकाशन गरेको राजपत्रानुसार प्रदेश सरकारले बिदा दिँदा आफ्नो प्रदेशभित्रका केन्द्र मातहतका कार्यालयसहित सम्पूर्ण सरकारी कार्यालय, शिक्षालय, उद्योगधन्दा  बन्द रहनेछन् । केन्द्र सरकारले प्रदेश सरकारलाई बढीमा एक वर्षमा ६ दिन बिदा दिन पाउने अख्तियारी दिएको छ । सोही अख्तियारी अनुसार प्रदेश सरकारले आफ्नो प्रदेशका महत्वपूर्ण धार्मिक, जातीय र सांस्कृतिक चाडपर्व अदिमा आवश्यकता हेरी बढीमा ६ दिनसम्म बिदा दिन पाउने व्यवस्था छ ।

छ दिनभन्दा बढी बिदामा भने केन्द्र मातहतका कार्यालयलाई गृह मन्त्रालयको निर्णय लागु हुनेछ । राजपत्रानुसार काठमाडौँ उपत्यकाका तीन जिल्लाका केन्द्र मातहतका कार्यालयलाई भने प्रदेश सरकारको बिदा लागू हुने छैन । उक्त राजपत्रको खण्ड गमा काठमाडौँ उपत्यकाका तीन जिल्लामा प्रदेश सरकारले दिएको बिदा नेपाल सरकार, गृह मन्त्रालयको निर्णय अनुसार हुनेछ भनी उल्लेख गरिएको छ । 
 
काठमाडौँमा बिदा हुन्छः कानूनमन्त्री
वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले माघ १० गते प्रदेशका १३ वटै जिल्लाका सरकारी तथा सार्वजनिक निकायमा बिदा हुने बताएका छन् । मन्त्री जम्कट्टेलले काठमाडौँ उपत्यका पनि वाग्मती प्रदेशकै हिस्सा भएकाले त्यहाँ बिदा नहुने भन्ने भनाइ गलत भएको स्पष्ट गरे । 

उनले प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ल्होछार (ल्होसार) का अवसरमा यही शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने भनी गरेको निर्णय अनिवार्य लागू हुने बताए । “यो वा त्यो जिल्ला होइन, प्रदेशका १३ वटै जिल्लामा बिदा हुन्छ, उपत्यका (काठमाडौँ) पनि वाग्मती प्रदेशभित्रै पर्छ”, उनले भने । 
 

प्रकाशित मिति: ०६:३० बजे, शुक्रबार, माघ १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्