Kathmandu Press

मनाङ र थ्री स्टारले खेले बराबरी

मनाङ र थ्री स्टारले खेले बराबरी

काठमाडाैं, चैत २७ : सहिद स्मार एक डिभिजन लिगका दुई ठूला क्लबको भीडन्त बराबरीमा सकिएको छ। नेपाली एलक्लासिकोका रुपमा परिचित मनाङ मर्स्याङ्दी र थ्री स्टार क्लबीचको सोमबार दशरथ रंगशालामा भएको खेलमा १–१को बराबरीमा सकिएको हो।

यो बरारबीसँगै मनाङ आफ्नो अपराजित यात्रालाई ७ खेलसम्म लम्याउँदै शीर्ष स्थामै रहन सफल भएको छ। मनाङको ७ खेलमा १५ अंक भएको छ। यता, थी स्टार भने ११ अंकसहित छैठौं स्थानमै छ।

खेलमा थ्री स्टारका लागि सन्तोष साहुखलले गोल गरे भने मनाङका लागि कोफी टिमोथी कुडोले गोल गरे। दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा थ्री स्टारले खेलमा अग्रता बनायो । ७८औं मिनेटमा सन्तोष शाहुखलले थ्री स्टारलाई अग्रता दिलाए। लिगका सर्वाधिक सफल खेलाडी साहुखलले थ्री स्टारका लागि पुनरागमन खेलमै गोल गर्न सफल भए। जापानमा बसिरहेका साहुखल ७ वर्षपछि थ्री स्टार फर्किएका हुन्।
 
तर, त्यसको ६ मिनेट पछि नै मनाङले बराबरी गोल फर्कायो । ८४औं मिनेटमा मनाङका लागि कुडोले गोल गरे। उनले विशन गुरुङको क्रसमा हेडिङमार्फत गोल गरेका थिए। कुडोले लिगमा पछिल्ला ४ खेलमा ४ गोल गरेका छन्।

प्रकाशित मिति: १९:५७ बजे, सोमबार, चैत २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्