Kathmandu Press

चीनले प्रमुख शहरका रेस्टुरेन्टमा प्लास्टिकका ब्याग निषेध गर्ने 

चीनले प्रमुख शहरका रेस्टुरेन्टमा यो वर्षको अन्त्यदेखि प्लास्टिकका ब्याग र एक पटक मात्रै प्रयोग गर्ने स्ट्र निषेध गर्ने भएको छ। फोहोर उत्पादन घटाउनलाई चीन सरकारले यस्तो....

चीनले प्रमुख शहरका रेस्टुरेन्टमा प्लास्टिकका ब्याग निषेध गर्ने 

चीनले प्रमुख शहरका रेस्टुरेन्टमा यो वर्षको अन्त्यदेखि प्लास्टिकका ब्याग र एक पटक मात्रै प्रयोग गर्ने स्ट्र निषेध गर्ने भएको छ। फोहोर उत्पादन घटाउनलाई चीन सरकारले यस्तो निर्णय गरेको बताएको छ।

चीन विश्वकै ठूलो प्लास्टिक प्रयोगकर्ता हो। योजना अनुसार आउने पाँच वर्षमा “टेकअवे फुड” उद्योगमा प्रयोग हुने “डिस्पोजेबल प्लास्टिक” का भाँडा ३० प्रतिशतले कम हुने लक्ष्य लिइएको छ।

आइतबार सार्वजनिक गरिएको दस्तावेजमा नेश्नल डिभेलोप्मेन्ट एन्ड रिफर्म कमिशन (एनडिआरसी) र पारिस्थिकी तथा वातावरण मन्त्रालयले “डिस्पोजेबल पोलिस्टिरिन” र प्लास्टिकका भाँडाकुडा आउने वर्षको अन्त्यदेखि निषेध गर्ने जनाएको छ।

Hardik ivf

यो वर्षदेखि खाद्य तथा पेय उद्योगबाट एक पटक प्रयोग गर्ने स्ट्र पनि निषेध गर्ने योजना बनेको छ। तर सन् २०२२ देखि होटेलहरूले प्लास्टिकका डिस्पोजेबल उत्पादन उपलब्ध नगराउने भएको छ। दशकौंको तीव्र विकास र उपभोगले १४ अर्ब जनसंख्या भएको देशमा फोहोरको विशाल मात्रा उत्पादन भएको छ।

विश्व बैंकको तथ्याङ्क अनुसार सन् २०१७ मा चीनले २१ करोड टन फोहोर उत्पादन गरेको छ। सन् २०३० सम्म फोहोरको उत्पादन ५० करोड टन पुग्ने विश्वक बैंकले चेतावनी दिएको छ।

चीनले सन् २००८ मा प्लास्टिकका झोला निस्शुल्क उपलब्ध गराउन निषेध गरेको एक दशकपछि यस्तो निर्णय भएको इन्स्टिट्युट अफ पब्लिक एन्ड इन्भाइरोन्मेन्टल अफेयर्स नामक वातावरणसम्बन्धी काम गर्ने चिनियाँ समूहका निर्देशक मा जुनले बताए। तर त्यसयता इ कमर्स र डेलिभरी बढेको छ। यसले उपभोक्ताको व्यवहार परिवर्तन हुनुका साथै प्लास्टिकको प्रयोग पनि बढेको जुनले बताए।

नयाँ योजनाले प्लास्टिक उत्पादन, प्रयोग र व्यवस्थापनका सबै पक्षहरू समेटेको र प्लास्टिक प्रदुषण नियन्त्रण गर्ने दीर्घकालीन संयन्त्रको बाटो खुलेको एनडिआरसीले जनाएको छ।

कार्यान्वयन

सन् २०२५ देखि प्लास्टिक प्रदुषण प्रभावकारी रूपमा नियन्त्रण गर्ने र मुख्य शहरका ल्यान्डफिलमा व्यवस्थापन गरिने फोहोरको मात्रा कटौती गर्ने योजना बनाइएको छ। यसबाहेक फोहोर व्यवस्थापन प्रणाली पनि तयार गरिनेछ। 

पछिल्लो उपाय अघिल्लाभन्दा बढी वृहत भए पनि कार्यान्वयन नै मुख्य पाटो भएको र अतितको अनुभवबाट चीनले पाठ सिक्नुपर्ने माले चेतावनी दिएका छन्। “खुद्रा विक्रेतालाई प्लास्टिकका झोला नि: शुल्क वितरण गर्नबाट रोकेर राम्रो काम भएको छ,” उनले भने,“अब अनलाइन खुद्रा बिक्रेतासँग मिलेर नियम कार्यान्वयन गर्नुपर्छ।”

तर निषेध गर्नुमात्रै प्रभावकारी नभएको उनले बताए। अघिल्लो पटक प्रतिबन्ध गरिएका प्लास्टिकका “अल्ट्रा थिन” झोला अझै प्रयोग भइरहेको उनले बताए। हुलाक सेवामा प्रयोग हुने प्लास्टिकका प्याकेजिङमा पनि यो नियम लागु हुनेछ। चीनको बढ्दो इ कमर्स क्षेत्र हेर्दा गएको दशकमा यो धेरै वृद्धि भएको छ।

बेइजिङ, सांघाई र ज्याङ्सुजस्ता हुलाकको वितरण केन्द्रले प्लास्टिकका नकुहिने प्याकेजिङ र बुनेको डिस्पोजेबल झोला सन् २०२२ को अन्त्यदेखि प्रतिबन्ध गर्नेछ। चीनको हुलाक सेवाले जनाए अनुसार “सिङ्गल्स डे” भनेर चिनिने विशाल शपिङ फेस्टिभलपछि २।३ अर्बभन्दा धेरै पार्सल वितरण गरिएको छ।

प्लास्टिकका झोलाको साटो कपडा, कागज र कुहिने सामग्रीले बनेका शपिङ झोलाजस्ता वैकल्पिक उत्पादन शपिङ मल र सुपरमार्केटमा प्रवर्द्ध गरिरहेको चीनले जनाएको छ। योजनाले इ कमर्स र फुड डेलिभरीजस्ता क्षेत्रका कम्पनीहरूलाई व्यवसायको नयाँ मोडेल सुरू गर्न तथा फोहोर र डिस्पोजेबल प्लास्टिक घटाउन व्यापारीसँग सहकार्य गर्न पनि आह्वान  गरेको छ।

पोहोर, फोहोर छुट्याउने र पुनर्चक्रण गर्ने चीनको हालसम्मकै महत्वकांक्षी कार्यक्रम सांघाइले सुरू गर्‍यो। कार्यक्रमलाई अन्य शहरमा पनि विस्तार गर्ने योजना छ। सन् २०१८ मा पुनर्चक्रणका लागि वर्षौंदेखि आयात गर्दै आएको विदेशी फोहोर पनि निषेध गर्‍यो। यसले विश्वकै फोहोर बहावमा उथलपुथल ल्यायो।

प्लास्टिकको फोहोर नियन्त्रण गर्ने चीन एक्लो देश होइन। पोहोर साल क्यानडाले पनि सन् २०२१ देखि एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्लास्टिकको प्रयोग निषेध गर्ने बताएको थियो।

युरोपेली संघ र युरोपेली संसदले पनि स्ट्र, भाँडाकुँडाजस्ता एक पटक मात्रै प्रयोग हुने प्लास्टिकको प्रयोग प्रतिबन्ध गर्ने निर्णय गरेको थियो। युरोपेली आयोगले झण्डै ७० प्रतिशत फोहोर प्लास्टिकले विश्वका समुद्र भरिएको अनुमान गरेको छ। यसले कछुवा, व्हेललगायतका समुद्री जीवको ज्यान लिएको छ।
 

प्रकाशित मिति: ०७:११ बजे, शुक्रबार, माघ १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्