Kathmandu Press

लिगमा पुलिसकाे पहिलाे जित, चर्च ब्वाइज-एपिएफ बराबर

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइज र एपीएफले गोल रहित बराबरी खेलेका छन्।
लिगमा पुलिसकाे पहिलाे जित, चर्च ब्वाइज-एपिएफ बराबर

काठमाडौं, चैत २६ : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाइटेड र एपिएफ क्लबले बराबरी खेल्दै अंक बाडेका छन्।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइज र एपीएफले गोल रहित बराबरी खेलेका छन्।

यस बराबरीसँगै चर्च ब्वाइजले ७ खेलमा १३ अंक जोडेको छ। एपीएफले ७ खेलमा ११ अंक जोडेको छ। त्यस्तै सोमबार नै भएको खेलमा फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराउँदै पुलिसले पहिलो जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराउँदै पुलिसले पहिलो जित निकालेको हो। पुलिसको जितमा बुद्ध बल तामाङले दुई गोल गरे।

विदेशी खेलाडी मोसेसले एक गोल थपे। फ्रेन्ड्सका टोरिक जेब्रिनले एक गोल फर्काए। जितसँगै पुलिसले ७ खेलमा ४ अंक जोडेको  छ। फ्रेन्ड्सले पनि ७ खेलमा ४ अंक जोडेको छ।

प्रकाशित मिति: १६:४४ बजे, सोमबार, चैत २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्