सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेकपाका भट्ट र स्वाँर विजयी
धनगढी, माघ ९ : सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तारामान स्वाँर र शारदा भट्ट निर्वाचित भए....

धनगढी, माघ ९ : सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तारामान स्वाँर र शारदा भट्ट निर्वाचित भएका छन्।
बिहीबार भएको निर्वाचनबाट अन्य समूहबाट नेकपाका स्वाँर र महिलातर्फ नेकपाकै भट्ट निर्वाचित भएका हुन्। महिलातर्फबाट निर्वाचित भट्टले कांग्रेसकी तुलसी देवकोटालाई पराजित गरिन्।
भट्टले ३ हजार ७ सय ३८ मतभार पाउँदा कांग्रेसकी देवकोटाले १८ सय ५४ मतभार प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत बिदुर काफ्लेले जानकारी दिए।
यस्तै, अन्य समूहबाट निर्वाचित स्वाँरले कांग्रेसका प्रतापसिंह ठगुन्नालाई पराजित गरे। नेकपाका स्वाँरले ३७ सय २० मतभार पाउँदा कांग्रेसका ठगुन्नाले १८ सय ४२ मतभार पाएका थिए।











