Kathmandu Press

शेयर बजारमा विक्रेताको चाप, अब के होला ?

काठमाडौं, माघ ९ : नेप्से परिसूचक १५ दशमलव ९५ अंकले घटेर १२९७ दशमलव ४७ को विन्दुमा बन्द भएको छ। 

दोस्रो बजार १ दशमलव २१ प्रतिशतले घ....

शेयर बजारमा विक्रेताको चाप, अब के होला ?

काठमाडौं, माघ ९ : नेप्से परिसूचक १५ दशमलव ९५ अंकले घटेर १२९७ दशमलव ४७ को विन्दुमा बन्द भएको छ। 

दोस्रो बजार १ दशमलव २१ प्रतिशतले घटेको छ। बिहीबार १३१४ दशमलव १७ को विन्दुमा खुलेको दोस्रो बजार १३२० दशमलव ७७ को उच्च विन्दुसम्म पुगेको थियो। 

बजारको न्यून विन्दु १२९५ दशमलव ३९ रहँदा दिनभरमा एक अर्ब ३८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।  

Hardik ivf

आजको बजार अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नेपाल लाइफ इन्योरेन्सको शेयर किनबेच भएको छ। नेपाल लाइफ इन्योरेन्सको १८ करोड ४२ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज सिनर्जी पावर डेभलपमेन्टका शेयरधनीले सर्वाधिक ९ दशमलव ४७ प्रतिशतले कमाए भने सिद्धार्थ इक्विटी फण्डका इकाइधनीले सर्वाधिक ६ दशमलव ९७ प्रतिशतले गुमाए। 


छोटो समयावधिको प्राविधिक विश्लेषण 

अघिल्लो दिन गरिएको विश्लेषणको निष्कर्ष अनुसार यदि बजार १३०८ भन्दा तल स्थिर रहेमा बजार केही नकारात्मक क्षेत्रमा हुन सक्ने देखिन्छ। अर्को तत्कालीन  टेवा १३०० को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज बजारले १३०८ र १३०० को दुवै टेवालाई तोडेको छ। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार हाल बजार मुख्य प्रतिरोधलाई सामना गरेर घटेको देखिन्छ। आज पनि बजारले बियरिस मैनबत्तीको आकृति बनाएको छ। यसले बजारमा विक्रेता हाबीको संकेत गर्दछ। परिमाण भने अघिल्लो दिनभन्दा घटेको छ।   

चित्र नं. २ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं. २ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजोसम्म प्रवृत्तिहीन रहेको बजार आज घट्दो प्रवृत्तिमा रहेको छ। २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए) हरुले ‘डेड क्रस’ क्रस बनाएपछि बजारमा विक्रेताको चाप रहेको देखिन्छ।

रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) २४ दशमलव ७७ अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी विक्री भएको संकेत गरेको छ।  
निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकहरुलाई समग्रमा हेर्दा बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। त्यसैले बजारको प्रवृत्ति र सूचकहरुको सकारात्मक संकेत पर्खनु पर्ने देखिन्छ। हाल बजारको सामान्य प्रतिरोध १३१० मा देखिन्छ भने टेवा १२८५ को क्षेत्रमा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १९:५५ बजे, बिहीबार, माघ ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्