Kathmandu Press

एसइईमा उत्कृष्ट नतिजा ल्याउनेलाई पुरस्कारको घोषणा

सिङ्गापुर पुलिसबाट सेवानिवृत रघुगंगा गाउँपालिका-३ पिप्लेको घोटडाँडा घर भई हाल काठमाडौँ बसोबास गर्दै आएका कमल शाहीले यस वर्षको एसइईमा ‘ए’ प्लस र ‘ए’ ग्रेड ल्याउने विद्यार्थीलाई नगद पुरस्कार दिने घोषणा गरेका हुन्। 
एसइईमा उत्कृष्ट नतिजा ल्याउनेलाई पुरस्कारको घोषणा

म्याग्दी, चैत २७ : म्याग्दीको रघुगंगा गाउँपालिका-२ र ३ नम्बर वडामा रहेका तीन वटा माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कारको घोषणा गरिएको छ। 

सिङ्गापुर पुलिसबाट सेवानिवृत रघुगंगा गाउँपालिका-३ पिप्लेको घोटडाँडा घर भई हाल काठमाडौँ बसोबास गर्दै आएका कमल शाहीले यस वर्षको एसइईमा ‘ए’ प्लस र ‘ए’ ग्रेड ल्याउने विद्यार्थीलाई नगद पुरस्कार दिने घोषणा गरेका हुन्। 

Hardik ivf

पिप्लेमा रहेको रघुगंगा मावि, मौवाफाँटमा रहेको ज्ञानोदय मावि र भगवतीमा रहेको मुक्तिधाम माविबाट यस वर्षको एसइईमा सहभागी विद्यार्थीमध्ये ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई जनही रु १० हजार र ‘ए’ ग्रेड ल्याउन सफल हुने विद्यार्थीलाई जनही रु पाँच हजार नगद पुरस्कार दिने घोषणा गरेका छन्। 

यस वर्षको एसइई परीक्षामा रघुगंगा माविबाट २५ जना, मुक्तिधाम माविबाट ७१ जना र  ज्ञानोदय माविबाट १९ परीक्षार्थी सहभागी छन्।

शाहीले यसअघि रघुगंगा माविमा आफ्नो दिवङ्गत बुबा देवबहादुर शाहीको स्मृतिमा पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ भने यस क्षेत्रको सामाजिक कार्यमा समेत सहयोग गर्दै आएका छन्।

प्रकाशित मिति: १२:३३ बजे, सोमबार, चैत २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्