कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यमा मायाप्रसाद र सुमित्रा निर्वाचित
वीरेन्द्रनगर, माघ ९ : कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मायाप्रसाद शर्मा र सुमित्रा विसी निर्वाचित भएका ....

वीरेन्द्रनगर, माघ ९ : कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मायाप्रसाद शर्मा र सुमित्रा विसी निर्वाचित भएका छन्।
बिहीबार भएको निर्वाचनबाट अन्यबाट नेकपाका शर्मा र महिलातर्फबाट सुमित्रा निर्वाचित भएका हुन्। उनीहरु दुवैले कांग्रेसका उम्मेदवार डिल्लीराम पाठक र गणेशकुमारी बस्नेतलाई पराजित गरे।
राष्ट्रियसभा सदस्यमा निर्वाचित मायाप्रसादले तीन हजार ६१८ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार पाठकले एक हजार २६ मत पाए।
यस्तै, महिलातर्फबाट निर्वाचित नेकपाकी सुमित्राले तीन हजार ६८४ मत पाउँदा कांग्रेसकी गणेशकुमारीले एक हजार २६ प्राप्त गरिन्।
प्रकाशित मिति: १९:०८ बजे, बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











