Kathmandu Press

प्याज ल्याउँदा घुस माग्ने प्रहरी निरीक्षकविरूद्ध मुद्दा दायर

काठमाडाैं, माघ ९ : भारतबाट प्याज ल्याउँदा सेवाग्राहीबाट खुस माग्ने सशस्त्र प्रहरी बल विओपी बखरी मोरङका तत्कालीन कार्यालय प्रमुख सशस्त्र प्रहरी नि....

प्याज ल्याउँदा घुस माग्ने प्रहरी निरीक्षकविरूद्ध मुद्दा दायर
सांकेतिक

काठमाडाैं, माघ ९ : भारतबाट प्याज ल्याउँदा सेवाग्राहीबाट खुस माग्ने सशस्त्र प्रहरी बल विओपी बखरी मोरङका तत्कालीन कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक अमृत थापा र जवान शशित नारायण विश्वासविरूद्ध मुद्दा दायर भएको छ।  

विश्वासले भारतबाट प्याज ल्याउने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले पाँच हजार पाँच सय घुस लिँदै गर्दा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा उनले तत्कालीन कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक थापाको आदेश र निर्देशानुसार सेवाग्राहीसँग भारतबाट नेपालमा ल्याइने प्याज ओसारपसारको काम सहजीकरण गरिदिने भन्दै घुस मागेको बताएका थिए।

थापाले आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेत ख्याल नगरी बदनियतपूर्वक सेवाग्राहीलाई घुस दिन बाध्य पारेको अभियोगपत्रमा उल्लेख छ।

प्रकाशित मिति: १८:५८ बजे, बिहीबार, माघ ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्