प्रिमियर लिगमा आर्सनल र लिभरपुलले खेले बराबरी
गएराति घरेलु मैदान एनफिल्डमा लिभरपुलका लागि मोहम्मद सलाहले ४२ औँ र रोबर्टो फर्मिना ८७ औँ मिनेटमा गोल गरे । सुरुवाती दुई गोलको अग्रता लिएको आर्सनलका लागि मार्टिनेलीले ८औँ र गाब्रियल जेससले २८औँ मिनेटमा गोल गरे ।
काठमाडौं, चैत २७ : इङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा शीर्ष स्थानको आर्सनलले लिभरपुलसँग २–२ गोलको बराबरी खेलेको छ ।
गएराति घरेलु मैदान एनफिल्डमा लिभरपुलका लागि मोहम्मद सलाहले ४२ औँ र रोबर्टो फर्मिना ८७ औँ मिनेटमा गोल गरे । सुरुवाती दुई गोलको अग्रता लिएको आर्सनलका लागि मार्टिनेलीले ८औँ र गाब्रियल जेससले २८औँ मिनेटमा गोल गरे ।
बराबरीपछि आर्सनलले शीर्ष स्थानमा ६ अङ्कको अग्रता बनाएको छ । आर्सनलको ३० खेलबाट ७३ अङ्क भएको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६७ अङ्क छ भने उसले एक खेल कम खेलेको छ ।
लिभरपुल भने २९ खेलबाट ४४ अङ्कसहित आठौँ स्थानमा छ । यस्तै, गएराति नै भएको अर्को खेलमा क्रिष्टल प्यालेसले लिड्स युनाइटेडलाई ५–१ गोलले हराएको छ ।
प्रकाशित मिति: ०७:३३ बजे, सोमबार, चैत २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार