Kathmandu Press

रिंकु सिंह चम्किँदा गुजरातमाथि कोलकाताको रोमाञ्चक जित

रिंकु सिंह चम्किँदा गुजरातमाथि कोलकाताको रोमाञ्चक जित

काठमाडाैं, चैत २६ : रिंकु सिंहले अविश्वसनीय इनिङ खेलेपछि आईपिएलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ। आइतबार भएको पहिलो खेलमा लगभग हारतर्फ उन्मूख भएको कोलकातालाई जित दिलाउने क्रममा रिंकुले इनिङका अन्तिम ५ बलमा लागतार छक्का प्रहार गरे।

गुजरात टाइटन्सले दिएको २०५ रनको विशाल लक्ष्य पछ्याएको कोलकातालाई जितका लागि अन्तिम ओभरमा २९ रन चाहिएको थियो। स्ट्राइकमा उमेश यादव दिए भने बलिङमा यश दयाल थिए।

दयालको पहिलो बलमा उमेश १ रन लिँदै रिंकुलाई स्ट्राइक दिए। त्यसपछि रिंकुले लागतार ५ छक्का प्रहार गर्दै कोलकातारलाई ३ विकेटको रोमाञ्चक जित दिलाए। रिंकुले २१ बलमा १ चौका र ६ छक्का प्रहार गर्दै ४८ रन बनाए। 

यस्तै, बैंकटेश ऐरले ४० बलमा ८ चौका र ५ छक्का प्रहार गर्दैै ८२ रन बनाउँदा कप्तान नितिश रानाले २९ बलमा ४५ रन बनाए। गुजरातका कप्तान रसिद खानले २ तथा अल्जारी जोसेफले २ विकेट लिए। 

त्यसअघि पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा २०४ रन बनायो । उसका लागि विजय शंकरले नटआउट ६३ रन बनाए । उनले २४ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। 

यस्तै, साइ सुदर्शनले ३८ बमला ५३ रन बनाउँदा शुभमन गिलले ३९ र ऋद्धिमन शाहले १७ रन बनाए। कोलकाताका सुनिल नारिनले ३ तथा सुयश शर्माले १ विकेट लिए।

प्रकाशित मिति: १९:५९ बजे, आइतबार, चैत २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्