Kathmandu Press

’ए’ डिभिजन लिग मछिन्द्रकाे दोस्रो जित, एनआरटीले हिमालयन शेर्पालाई हरायाे

मछिन्द्रको जितमा विमल घर्ति मगर र आफिज ओलावालेले एक एक गोल गरे। खेलको ८९ औं मिनेटमा जेनिस प्रजापतिले गोल गर्दै एनआरटीलाई २–१ को जित दिलाए।
’ए’ डिभिजन लिग मछिन्द्रकाे दोस्रो जित, एनआरटीले हिमालयन शेर्पालाई हरायाे

काठमाडाैं, चैत २६ : राजधानीमा जारी सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले दोस्रो जित निकालेको छ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटा क्लबलाई २–१ गोल अन्तरले हराउँदै मछिन्द्रले दोस्रो जित निकालेको हो। मछिन्द्रको जितमा विमल घर्ति मगर र आफिज ओलावालेले एक एक गोल गरे।

संकटाका लागि मनिष डाँगीले एक गोल फर्काए। खेलको २० औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए। तर, २२ औं मिनेटमा मनिषले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको ४६ औं मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रलाई २–१ को जित दिलाए। जितसँगै मछिन्द्रले ७ खेलमा ९ अंक जोडेको छ भने संकटको  ९ अंक छ। यस्तै खेलको इन्जुरी टाइममा मछिन्द्र क्लबका छिरिङ गुरुङ घाइते भएका छन्।

आफ्नै टीमका खेलाडीसंग ठक्कर खाएपछि उनी मैदानमा ढलेका थिए। मैदानमै प्राथमिक उपचारपछि उनलाई एम्बुलेन्समा अस्पताल लगिएको थियो।   त्यस्तै आइतबार नै एन्फा मैदान सतादोवाटोमा भएको खेलमा न्युरोड टिम एनआरटीले हिमालयन शेर्पालाई २–१ गोल अन्तरले पराजित गरेको छ। खेलको १४ औं मिनेटमा खमिर गिल्सनले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए।

तर, खेलको ६७ औं मिनेटमा रोहन खड्कीले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको ८९ औं मिनेटमा जेनिस प्रजापतिले गोल गर्दै एनआरटीलाई २–१ को जित दिलाए। जितसँगै एनआरटीले ७ खेलमा ६ अंक जोडेको छ। हिमालयनले ७ खेलमा ७ अंक जोडेको छ।

प्रकाशित मिति: १७:०२ बजे, आइतबार, चैत २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्