Kathmandu Press

सिद्धबाबालाई थुनामा राखेर पुर्पक्ष गर्न उच्च अदालतको आदेश, सिद्धबाबा भने फरार

काठमाडौं, माघ ९ : उच्च अदालत विराटनगरले बलात्कार अभियोगमा ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीलाई थुनामा राखेर पुर्पक्ष गर्न&....

 सिद्धबाबालाई थुनामा राखेर पुर्पक्ष गर्न उच्च अदालतको आदेश, सिद्धबाबा भने फरार

काठमाडौं, माघ ९ : उच्च अदालत विराटनगरले बलात्कार अभियोगमा ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको छ।

उच्च अदालतमा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको संयुक्त इजलासले जिल्ला अदालत सुनसरीको फैसला उल्टाउँदै गिरीलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको हो। 

गिरीमाथि सुनसरीको बराहक्षेत्रस्थित आफ्नै आश्रममा अनुयायीलाई बलात्कार गरेको अभियोग छ। गत १४ पुसमा सुनसरी जिल्ला अदालतले तीन लाख धरौटी छाड्न दिएको आदेशविरूद्ध सरकारी वकिल कार्यालयले गत १७ पुसमा विराटनगर उच्च अदालतमा पुनरावेदन गरेको थियो। 

यसअघि सुनसरी जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले ‘प्रस्तुत वारदातलाई जबरजस्ती करणी भनी मुद्दाको पुर्पक्ष गर्न प्रतिवादी सिद्धबाबालाई थुनामा राखी कारवाही गर्नु औचित्यपूर्ण नरहेको’ र ‘प्रमाण बुझ्दै जाँदा पछि ठहरेबमोजिम हुने’ भन्दै तीन लाख धरौटीमा छाड्न आदेश दिएको थियो। 

अदालतले थुनामा पठाउन आदेश दिएपनि अभियुक्त गिरी भने आफ्ना बडीगार्ड मुकेश शाहलाई छलेर भारत पुगेका छन्। गत कात्तिक ४ गते एक महिलाले बलात्कारको अभियोग लगाउँदै उजुरी दर्ता गरेपछि प्रहरीले मंसिर १६ मा गिरीलाई पक्राउ गरेको थियो। 

सुनसरीका प्रहरी प्रवक्ता एवं डिएसपी विनोद शर्माले भारत जान्छु भनेर गएको सुनिए पनि आधिकारिक जानकारी भने नआएको बताए। 

प्रकाशित मिति: १८:१४ बजे, बिहीबार, माघ ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्