नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा विजयी
काठमाडौं, माघ ९ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा विजयी भएका छन्।
बिहीब....

काठमाडौं, माघ ९ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा विजयी भएका छन्।
बिहीबार भएको राष्ट्रियसभाको निर्वाचनमा कांग्रेसका सूर्यप्रसाद रेग्मीलाई पराजित गर्दै श्रेष्ठ राष्ट्रियसभा सदस्यमा विजयी भएका हुन्।
राष्ट्रिसभा सदस्यमा श्रेष्ठ विजयी भएपनि औपचारिक घोषणा भने हुन बाँकी छ। श्रेष्ठलाई नेकपाले गण्डकी प्रदेशबाट उम्मेदवार बनाएको थियो।
श्रेष्ठको पक्षमा तीन हजार चार सय ६२ मत प्राप्त गर्दा कांग्रेसका रेग्मीले दुई हजार दुई सय ४४ मत ल्याए।
यस्तै, गण्डकी प्रदेशबाटै उम्मेदवार बनेकी नेकपाकी भगवती न्यौपाने पनि राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छिन्। महिलातर्फ उम्मेदवार बनेकी न्यौपानेले कांग्रेसकी उम्मेदवार विमला गौचनलाई पराजित गरेकी हुन्।
न्यौपानेले तीन हजार तीन सय ६६ मत प्राप्त गर्दा कांग्रेसकी गौचनले दुई हजार तीन सय ४० मत पाइन्।











