Kathmandu Press

साझालाई दिएको तीन अर्ब रुपैयाँ ब्याजसहित सरकारले फिर्ता लिने

काठमाडौं, माघ ९ : विद्युतीय बस खरिदका लागि सरकारले साझा यातायात प्रालिलाई दिएको तीन अर्ब रुपैयाँ ब्याजसहित फिर्ता दिने भएको छ। 

मा....

साझालाई दिएको तीन अर्ब रुपैयाँ ब्याजसहित सरकारले फिर्ता लिने
फाइल

काठमाडौं, माघ ९ : विद्युतीय बस खरिदका लागि सरकारले साझा यातायात प्रालिलाई दिएको तीन अर्ब रुपैयाँ ब्याजसहित फिर्ता दिने भएको छ। 

माघ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्धारित समयमा बस खरिद गर्न नसकेको भन्दै साझा यातायात प्रालिलाई दिएको तीन अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

उनले साझाले तोकिएको सयमा विद्युतीय बस किनेर सञ्चालनमा ल्याउन नसकेकाले सरकारले शेयरवापत उपलब्ध गराएको तीन अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिन लागिएको जानकारी दिए।

सरकारले साझाबाट तीन अर्ब रुपैयाँको ब्याज उपलब्ध गराइएको दिनदेखिकै लिनेछ। यसअघि सरकारले तीन सय विद्युतीय बस खरिद गरी सञ्चालनमा ल्याउन साझा यातायातलाई तीन अर्ब रुपैयाँ उपलब्ध गराएको थियो।

यस्तै, बैठकले विद्युतीय बसको प्राविधिक विवरण र लागत अनुमान एवं विद्युतीय बस आपूर्तिका लागि शर्तसमेत तयार गरी नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्राललाई सैद्धान्तिक सहमति दिएको छ।

सरकारले विद्युतीय बस खरिद प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई उपलब्ध गराउने मन्त्री बाँस्कोटाले जानकारी दिए। 
 

प्रकाशित मिति: १७:२३ बजे, बिहीबार, माघ ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्