Kathmandu Press

सन्तोष साहुखल थ्री स्टारमा

नेपाली राष्ट्रिय टिमका पूर्व राष्ट्राइकर साहुखलले लिगका लागि थ्री स्टार क्लबसँग सम्झौता गरेका छन्।
सन्तोष साहुखल थ्री स्टारमा

काठमाडाैं, चैत २६ : भेट्रान स्ट्राइकर सन्तोष सहुखलले सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन्। नेपाली राष्ट्रिय टिमका पूर्व राष्ट्राइकर साहुखलले लिगका लागि थ्री स्टार क्लबसँग सम्झौता गरेका छन्।

साहुखल पछिल्लो सयम जापन बस्दै खाएका छन्। केही दिनअघि नेपाल आएका साहुखलले पूर्व क्लब थ्री स्टारसँग लिगका लागि सम्झौता गरेका छन्।

थ्री स्टारले आफ्नो पूर्व स्टार खेलाडीलाई ७ वर्षपछि क्लबमा अनुबन्धन गरेको जनाएको छ। अघिल्लो सिजन उनले च्यासल युथ क्लबबाट खेलेका थिए।

लिगमा सय गोल गर्ने एक्ला खेलाडी साहुखलले थ्री स्टारमा प्रशिक्षण थालिसकेका छन्।

४२ वर्षीय साहुखलले थ्री स्टार र च्यासलसँगै मनाङ मर्स्याङ्दी र एपिएफ क्लबबाट पनि खेलेका छन्। उनले नेपालका लागि २९ खेल खेल्दै ४ गोल गरेका छन्।

 

प्रकाशित मिति: ११:१८ बजे, आइतबार, चैत २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्