सांसद दिपक मनाङ्गे लेकसाइडबाट पक्राउ
पोखरा, माघ ९ : गण्डकी प्रदेशका प्रदेश सांसद राजिव गुरुङ उर्फ दिपक मनाङ्गेलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रशासन कार्या....

पोखरा, माघ ९ : गण्डकी प्रदेशका प्रदेश सांसद राजिव गुरुङ उर्फ दिपक मनाङ्गेलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिए लगत्तै प्रहरीले सांसद मनाङ्गेलाई बिहीबार दिउँसो पोखराको लेकसाइडस्थित होटलबाट पक्राउ गरेको हो।
मनाङेले आफूमाथि हातपात गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) का कास्की अध्यक्ष मिलन गुरुङले ज्यान सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका थिए।
सोही उजुरीका आधारमा प्रहरीले बिहीबार सांसद मनाङ्गेलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति मागेको थियो। यसअघि मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई सांसद मनाङ्गेले थप्पड हानेका थिए।
मुख्यमन्त्री कपको उद्घाटन शत्रअघि मनाङेले जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष गुरुङमाथि मुक्का र लात्ती प्रहार गरेका थिए।











