Kathmandu Press

मेसी चम्किँदा पिएसजीको सहज जित

लिग अन्तर्गत गए राति भएको खेलमा पिएसजीले घरेलु टोली नाइसमाथि २–० को सहज जित हात पारेको हो। पिएसजीको जितमा मेसी र डिफेन्डर सर्जियो रामोसले १-१ गोल गरे।
मेसी चम्किँदा पिएसजीको सहज जित

काठमाडौं, चैत २६ : लियोनल मेसीको उत्कृष्ट प्रदर्शनमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ।

लिग अन्तर्गत गए राति भएको खेलमा पिएसजीले घरेलु टोली नाइसमाथि २–० को सहज जित हात पारेको हो। पिएसजीको जितमा मेसी र डिफेन्डर सर्जियो रामोसले १-१ गोल गरे।

एलिएन्ज रिभिइरा नाइसमा शनिबार राति २६ औं मिनेटमा मेसीले गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफमा १–० को अग्रता लिएको पीएसजीले दोस्रो हाफमा थप एक गोल गर्‍यो।

७६ औं मिनेटमा डिफेन्डर रामोसले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे। उनले मेसीकै पासमा गोल गरेका थिए। पिएसजीसँगको हारसँगै नाइसको १५औं खेलमा अपराजित यात्रामा पूर्णविराम लागेको छ। ७ जनवरी २०२३ मा कप डि फ्रान्समा ले पुईसँग १–० ले पराजित भएयता नाइस १४ खेलसम्म अपराजित थियो।

यस जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता बनाएको छ। पिएसजीको ३० खेलबाट ६९ अंक पुगेको छ। समान खेलबाटै दोस्रो स्थानमा रहेको लेन्सको ६३ अंक छ । पराजित नाइस ४५ अंक जोडेर आठौं स्थानमा छ।

प्रकाशित मिति: ०७:४० बजे, आइतबार, चैत २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्