Kathmandu Press

एभर्टनलाई हराउँदै युनाइटेड तेस्रो स्थानमा उक्लियो

शनिबार घरेलु मैदानमा भएको खेलमा युनाइटेडले एभर्टनमाथि २–०को जित निकाल्यो।
एभर्टनलाई हराउँदै युनाइटेड तेस्रो स्थानमा उक्लियो

काठमाडाैं, चैत २५ : इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ। शनिबार घरेलु मैदानमा भएको खेलमा युनाइटेडले एभर्टनमाथि २–०को जित निकाल्यो।

युनाइटेडको जितमा स्टक म्याकटोमिने र एन्थोनी मार्सियलले गोल गरे। उसले दुवै हाफमा समान १ गोल गरेको थियो।

३६औं मिनेटमा म्याकटोमिनेको गोलबाट युनाइटेडले सुरुआती अग्रता लियो । उनले जाडोन सान्चोको पासमा गोल गरेका थिए।

पहिलो हाफ १–०मै सकियो। ७१औं मिनेटमा मार्सियलले युनाइटेडको अग्रता दोब्बर बनाए। उनले मार्कस रोस्फोर्डको पासमा गोल गरेका थिए।

यो जितपछि युनाइटेड तेस्रो स्थानमा उक्लिएको छ। उसका २९ खेलबाट ५६ अंक छ। एभर्टन भने ३० खेलबाट २७ अंक जोड्दै १६औं स्थानमा छ ।

प्रकाशित मिति: २१:०१ बजे, शनिबार, चैत २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्