Kathmandu Press

ओलम्किप महिला फुटबल छनोट : भियतनामसँग पारजित हुँदै नेपाल पहिलो चरणबाटै बाहिरियो

दुई टिममात्र सहभागी समूह सीमा नेपाल भियतनामसँग समग्रहमा ७–१ले पराजित भयो । पहिलो खेलमा नेपाल ५–१ले पराजित भएको थियो।
ओलम्किप महिला फुटबल छनोट : भियतनामसँग पारजित हुँदै नेपाल पहिलो चरणबाटै बाहिरियो

काठमाडाैं, चैत २५ : नेपाल पेरिस ओलम्पिकको महिला फुटबलको एसियन छनोटका पहिलो चरणबाटै बाहिरिएको छ। शनिबार दशरथ रंगशालामा भएको छनोटको दोस्रो खेलमा भियतनामसँग २–०ले पारजित भएपछि नेपाल पहिलो चरणबाटै बाहिरिएको हो।

दुई टिममात्र सहभागी समूह सीमा नेपाल भियतनामसँग समग्रहमा ७–१ले पराजित भयो । पहिलो खेलमा नेपाल ५–१ले पराजित भएको थियो।

शनिबार भएको दोस्रो खेलमा भने नेपालले बलियो भियतनामसँग उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । पहिलो ७ मिनेटमै २ गोल खाएको नेपालले त्यसपछि महिना विश्वकप खेल्ने तयारीमा रहेको भियतनामलाई रोकेको थियो।

खेलको छैटौं मिनेटमै खेलमा भियतनामले अग्रता लियो । उसका पाम हाइ यानले गोल गरेकी थिइन्। लगत्तै सातौं मिनेटमा तान थि थु था ओलेको पासमा यानले नै भियतनामको अग्रता दोब्बर बनाइन्।

त्यसपछि भियतनामलाई रोकेको नेपालले खेलमा गोलको अवसर सिर्जना गरेपनि गोल भने गर्न सकेन ।

प्रकाशित मिति: २०:१४ बजे, शनिबार, चैत २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्