सांसद दिपक मनाङ्गेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति
पोखरा, माघ ९ : जिल्ला प्रशासन कार्यालय कास्कीले गण्डकी प्रदेशका प्रदेश सांसद राजिव गुरुङ (दिपक मनाङ्गे) लाई पक्राउ गर्न अनुमति दिएको छ।

पोखरा, माघ ९ : जिल्ला प्रशासन कार्यालय कास्कीले गण्डकी प्रदेशका प्रदेश सांसद राजिव गुरुङ (दिपक मनाङ्गे) लाई पक्राउ गर्न अनुमति दिएको छ।
प्रशासन कार्यालयले बिहीबार सांसद मनाङ्गेलाई पक्राउ गर्न अनुमति दिएको हो। यसअघि मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई सांसद मनाङ्गेले थप्पड हानेका थिए।
मंगलबार मुख्यमन्त्री कपको उद्घाटन शत्रअघि मनाङेले जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष गुरुङमाथि मुक्का र लात्ती प्रहार गरेका थिए।
मनाङेले हातपात गरेपछि मिलनले बुधबार ज्यानको सुरक्षा माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका थिए।
प्रकाशित मिति: १६:१९ बजे, बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार