Kathmandu Press

चार पत्रकारिता पुरस्कारको घोषणा

महासङ्घको शुक्रबार बसेको बैठकले ‘पोखरा पत्रकारिता सम्मान-२०७७’ बाट पत्रकार नवीन सिग्देल र विसं २०७८ को ‘टङ्कादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको हो।
चार पत्रकारिता पुरस्कारको घोषणा

पाेखरा, चैत २५ : नेपाल पत्रकार महासंघ कास्की शाखामा स्थापित चार पुरस्कार तथा सम्मानको निर्णय सार्वजनिक गरिएको छ। 

महासङ्घको शुक्रबार बसेको बैठकले ‘पोखरा पत्रकारिता सम्मान-२०७७’ बाट पत्रकार नवीन सिग्देल र विसं २०७८ को ‘टङ्कादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको हो।

Hardik ivf

‘पोखरा पत्रकारिताका सम्मान’को राशि रु ३५ हजार र पत्रकार गुरुङले प्राप्त गर्ने पुरस्कारको राशि रु २० हजार एक सय ११ रहेको छ। यस्तै ‘जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार-२०७८’ पत्रकार गौरव त्रिपाठी र २०७९ पत्रकार दुर्गा रानालाई प्रदान गर्ने निर्णय भएको शाखाका अध्यक्ष विमला भण्डारीले जानकारी दिए।

सो पुरस्कारको राशि रु ११ हजार एक सय ११ रहेको छ। महासङ्घले प्रदान गर्ने संस्थागततर्फको सम्मान पोखरास्थित ‘लक्ष्मी हाउस’लाई प्रदान गरिने भएको छ। पत्रकारिता क्षेत्र र महासङ्घको संस्थागत विकासमा पु¥याएको योगदानबापत पत्रकारलाई पुरस्कृत गर्न लागिएको महासङ्घले जनाएको छ।

महासङ्घद्वारा गठित प्रतिभा छनोट समितिको सिफारिसका आधारमा पुरस्कार तथा सम्मानको निर्णय गरिएको शाखा अध्यक्ष भण्डारीले बताए। यही चैत २९ गते प्रदेश प्रमुख पृथ्वीमान गुरुङको प्रमुख आतिथ्यमा हुने समारोहमा पुरस्कार समर्पण गरिने जनाइएको छ।

प्रकाशित मिति: १५:०७ बजे, शनिबार, चैत २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्