प्रिमियर लिगमा फर्कियो बर्नली
प्रशिक्षकका रुपमा भिनसेन्ट कोम्पनीको आगमनसँगै उत्कृष्ट प्रदर्शन गरेको बर्नली ७ खेल बाँकी छँदै प्रियिमर लिगमा बढुवा भएको हो।
काठमाडाैं, चैत २५ : बर्नली एक सिजनमै पुनः प्रियिमर लिगमा फर्किएको छ। अघिल्लो सिजन बर्नली प्रियिमर लिगमा १८औं स्थानमा रहँदै च्याम्पियनसिपमा घटुवा भएको थियो।
प्रशिक्षकका रुपमा भिनसेन्ट कोम्पनीको आगमनसँगै उत्कृष्ट प्रदर्शन गरेको बर्नली ७ खेल बाँकी छँदै प्रियिमर लिगमा बढुवा भएको हो। अब बाँकी रहेका सातै खेलमा बर्नली पराजित भएपनि तेस्रो स्थानको लुटन टाउनले उसलाई भेट्नै छैन।
च्याम्पियनसिपबाट शीर्ष २ टिम सिधै प्रियिमर लिगमा बढुवा हुनेछन् भने अर्को एक टिम प्लेअफबाट आउने छ।
शुक्रबार राति भएको खेलमा उसले चौथो स्थानको मिडलबर्गलाई २–१ले हरायो। लिगमा बर्नली गत नोभेम्बर यता अपराजित छ।
बर्नलीलको ३९ खेलबाट ८७ अंक छ । दोस्रो स्थानको सेफिल्ड युनाइटेडको समान खेलबाट ७६ अंक छ । तेस्रो स्थानको लुटनको ४० खेलबाट ६८ अंक छ भने चौथो स्थानको मिडलबर्गको ६७ अंक छ।
प्रकाशित मिति: ११:४७ बजे, शनिबार, चैत २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











