Kathmandu Press

जवलाखेल र एसफी खुमलटारले खेले बराबरी

शुक्रबार सातटोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको रोमाञ्चक खेलमा दुवै टिमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
जवलाखेल र एसफी खुमलटारले खेले बराबरी

काठमाडाैं, चैत २४ : सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लब र एफसी खुमलटारले बराबरी खेलेका छन्। शुक्रबार सातटोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको रोमाञ्चक खेलमा दुवै टिमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलमा जावलाखेलका एनकोटो मोसाबी र फोडे फोफानाले गोल गरेका थिए। खुमलटारका मेसुके ओलुमोउ र अभिषेक लिम्बुले गोल गरेका थिए।

खेलमा अग्रता जावलाखेलले थियो । ३२औं मिनेटमा उसका मोसाबीले गोल गरेका थिए। त्यसको दुई मिनेटपछि नै खुमलटारले खेलालाई बराबरीमा ल्यायो। ३५औं मिनेटमा अशिषेक लिम्बुले गोल गरेका थिए।

पहिलो हाफ १–१कै बराबरीमा खेल सकियो। तर, ६३औं मिनेटमा मेसुके ओलुमोउले खेलमा खुमलटारलाई अग्रता दिलाए। तर, ८६ औं मिनेटमा फोफानाले गोल गर्दै जावलाखेललाई २–२ गोलको बराबरीमा ल्याए।

यस बराबरीसँगै जावलाखेलले शीर्ष स्थानमा उक्लने अवसर गुमायो । उ ७ खेलमा १४ अंकसहित दोस्रो स्थानमा छ। खुमलटारले ७ खेलमा ७ अंक जोडेको छ ।

 

प्रकाशित मिति: १९:१९ बजे, शुक्रबार, चैत २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्