Kathmandu Press

फ्रेन्ड्सलाई हराउँदै मनाङ शीर्ष स्थानमा

शुक्रबार च्यासल मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–०ले हराउँदै मनाङ शीर्ष स्थानमा उक्लिएको हो
फ्रेन्ड्सलाई हराउँदै मनाङ शीर्ष स्थानमा

काठमाडाैं, चैत २४ : मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। शुक्रबार च्यासल मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–०ले हराउँदै मनाङ शीर्ष स्थानमा उक्लिएको हो।

मनाङको जितमा दुवै गोल कोफी टिमोथी कोउडोले गरे। उलने दुवै हाफमा समान १ गोल गरेका थिए।

३४औं मिनेटमा कोउडोले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाए। पहिलो १–०मै सकियो। ५२औं मिनेटमा कोउडोले नै गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए। खेलमा त्यसपछि गोल नहुँदा मनाङ विजयी भयो।

यो जितपछि मनाङ शीर्ष स्थानमा उक्लिएको छ। ६ खेलमा मनाङले् १४ अंक जोडेको छ। मनाङ प्रतियोगितामा अपराजित छ। यता, फ्रेन्ड्स ४ अंकसहित १२औं स्थानमा छ।

यस्तै अर्को खेलमा जवालाखेल युथ क्लब र एफसी खुमलटारले बराबरी खेल्दै अंक बाडेका छन् । जावलाखेल र खुमलटारले २–२ गोलको रोमान्चक बराबरी खेलेका हुन् ।

खेलको ३२ औं मिनेटमा एनकोटो मोसाबीले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए । तर, ३५ औं मिनेटमा अविशेक लिम्बुले गोल गर्दै खुमलटारलाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ६३ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दा खुमलटार २–१ ले अघि रह्यो । तर खेलको ८६ औं मिनेटमा फोडे फोफानाले गोल गर्दै जावलाखेललाई २–२ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै जावलाखेलले ७ खेलमा १४ अंक जोडेको छ । खुमलटारले ७ खेलमा ७ अंक जोडेको छ ।

 

प्रकाशित मिति: १८:१३ बजे, शुक्रबार, चैत २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्