Kathmandu Press

तस्बीरमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान

काठमाडौं, माघ ९ : राष्ट्रिय सभा सदस्यका लागि आज बिहान १० बजेदेखि मतदान चलिरहेको छ।

देशका सातै प्रदेशमा मतदान चलिरहेको निर्वाचन आयोगले जनाएको....

तस्बीरमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान
रासस

काठमाडौं, माघ ९ : राष्ट्रिय सभा सदस्यका लागि आज बिहान १० बजेदेखि मतदान चलिरहेको छ।

देशका सातै प्रदेशमा मतदान चलिरहेको निर्वाचन आयोगले जनाएको छ। अपराह्न ४ बजेसम्म मतदान हुनेछ।

प्रदेश १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ को जनकपुरधाम उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन, बागमती प्रदेशको ललितपुर महानगरपालिका–४ वडासमिति भवन र गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्की परिसरमा मतदान सुरू भएको हो।

त्यस्तै, प्रदेश ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसर र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्तिनारायण माविमा मतदान भइरहेको छ।

मतदानका केही दृश्य :

प्रकाशित मिति: १२:०८ बजे, बिहीबार, माघ ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्