Kathmandu Press

आईपीएलमा कोलकाताको पहिलो जित, बैंगलोर ८१ रनले पराजित

इडन गार्डन मैदानमा पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन बनायो। २०५ रनको विजयी लक्ष्य पछ्याएर ब्याटिङ थालेको बैंगलोर १७.४ ओभरमा १२३ रनमा अलआउट भयो। 
आईपीएलमा कोलकाताको पहिलो जित, बैंगलोर ८१ रनले पराजित

काठमाडौं, चैत २४ : इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले पहिलो जित हासिल गरेको छ। बिहीबार राति भएको खेलमा कोलकाताले रोयल च्यालेन्ज बैंगलोरलाई ८१ रनले हरायो। 

इडन गार्डन मैदानमा पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन बनायो। २०५ रनको विजयी लक्ष्य पछ्याएर ब्याटिङ थालेको बैंगलोर १७.४ ओभरमा १२३ रनमा अलआउट भयो। 

बैंगलोरलाई सस्तैमा समेट्ने क्रममा वरुण चक्रवर्तीले ४ विकेट लिए। यस्तै, सुयास शर्माले ३, सुनिल नारिनेले २ र सार्दुल ठाकुरले १ विकेट लिए। बैंगलोरका कप्तान फाफ डुप्लेसीले बनाएको २३ रनको योगफल नै सर्वाधिक रह्यो। विराट कोहली २१ रनमा आउट भए। 

कोलकाताका शार्दुल ठाकुरले ६८ रन बनाए। रहमानुल्लाह गुरबाजले ५७ रन बनाए भने रिंकु सिंहले ४६ रन बनाए। बैंगलोरका कर्न शर्मा र डेभिड विल्लेले समान २–२ विकेट लिए। यस्तै, मोहम्मद सिराज, मिचेल ब्रेसवेल र हर्सल पटेलले समान १–१ विकेट लिए। 

२ खेलमा पहिलो जित निकालेको कोलकाता २ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ। बैंगलोर भने २ अंकका साथ ७औं स्थानमा छ। 

प्रकाशित मिति: ०८:२१ बजे, शुक्रबार, चैत २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्