Kathmandu Press

कलेजको बस दुर्घटना हुँदा एकको मृत्यु, ११ विद्यार्थी घाइते

मोरङ, माघ ९ : मोरङको घनपालथान गाउँपालिका–४ रामचोकमा कलेज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ विद्यार्थी घाइते भएका छन्।

आज....

कलेजको बस दुर्घटना हुँदा एकको मृत्यु, ११ विद्यार्थी घाइते

मोरङ, माघ ९ : मोरङको घनपालथान गाउँपालिका–४ रामचोकमा कलेज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ विद्यार्थी घाइते भएका छन्।

आज बिहान लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको मे १ ख १४९० नम्बर बस अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा सहचालक विराटनगर–१५ का ३२ वर्षीय सानु साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा ११ विद्यार्थी घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, दुर्घटना हुनेवितिक्कै बस चालक भागेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:११ बजे, बिहीबार, माघ ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्