Kathmandu Press

मेस्सीलाई साउदी क्लबद्वारा ५८ अर्बको अफर

चर्चित इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोका अनुसार साउदी अरेबियन क्लब अल हिलालले अर्जेन्टिनी कप्तान मेसीलाई अनुबन्धन गर्नका लागि कीर्तिमानी रकमको प्रस्ताव गरेको हो । उनका अनुसार अल हिलालले वार्षिक करिब ५८ अर्ब नेपाली रुपैयाँ (४०० मिलियन युरो) को प्रस्ताव गरिएको छ । 
मेस्सीलाई साउदी क्लबद्वारा ५८ अर्बको अफर

काठमाडौं, चैत २३ : रोनाल्डोले कीर्तिमानी रकममा साउदी अरेबियन क्लबमा आबद्ध भएको ६ महिना नबित्दै अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई पनि किर्तिमानी रकमको अफर आएको छ । 

चर्चित इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोका अनुसार साउदी अरेबियन क्लब अल हिलालले अर्जेन्टिनी कप्तान मेसीलाई अनुबन्धन गर्नका लागि कीर्तिमानी रकमको प्रस्ताव गरेको हो । उनका अनुसार अल हिलालले वार्षिक करिब ५८ अर्ब नेपाली रुपैयाँ (४०० मिलियन युरो) को प्रस्ताव गरिएको छ । 

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) को बीच सम्झौता समाप्त हुन तीन महिनामात्र बाँकी रहेको बेला साउदी क्लबले किर्तिमानी रकममा अफर गरेको हो । मेसी र पीएसजीबीचको सम्झौता यही जुनमा समाप्त हुँदैछ । 

पीएसजीले मेसीसँगको सम्झौता एक वर्षका लागि थप गर्ने तयारी गरेको तथा स्पेनिस क्लब बार्सिलोनाले पुनः आबद्ध हुने चर्चाका बिचमा मेस्सीलाई साउदी क्लबको सो अफर आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरबाट हाल खेलिरहेका छन्, अल नासरले रोनाल्डोलाई वार्षिक १७३ मिलियन युरोमा अनुबन्ध गरेको थियो । अर्जेन्टेनी स्टार मेस्सीलाई रोनाल्डोको भन्दा २०० मिलियन युरो बढी रकमको अफर आएको हो ।

प्रकाशित मिति: ०८:३२ बजे, बिहीबार, चैत २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्