Kathmandu Press

एमसीसी पास गरे घातक हुन्छ : नेता रावल

काठमाडौं, माघ ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसद्बाट पास गरे घ....

एमसीसी पास गरे घातक हुन्छ : नेता रावल

काठमाडौं, माघ ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसद्बाट पास गरे घातक हुने बताएका छन् ।

जिल्लाको दिपायल सिलगढी नगरपालिकाले बुधबार  जिल्ला सदरमुकाम सिलगढीमा भ्रमण वर्ष २०२० को उपलक्ष्यमा आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रावलले एमसीसी पास गरेको खण्डमा देशलाई नै घाटा हुने बताए। उनले भने, “एमसीसीको सम्झौतापत्रमा उल्लेख भएका कुरा नपढी कयौँ नेताजीहरुले पास गरौँ भन्दैछन्, एक चोटी सम्झौता पढ्नुस् सही÷गलत आफैँ छुट्टिने छ ।”

राष्ट्र र राष्ट्रियताको हितमा एमसीसी घातक भएको र पछिल्लो समय राष्ट्रियरूपमा चर्चाको विषयसमेत बनेकाले एमसीसीलाई कुनै पनि हालतमा पास गर्न नहुने उनको तर्क छ ।

उनले भने, “डोटीले धार्मिक मन्दिर शैलेश्वरी, बडीकेदार र सुदूरपश्चिमकै प्रमुख पर्यटकीयस्थल खप्तडको प्रचारप्रसार गर्न सके हजारौँ पर्यटक भित्र्याउन सकिन्छ ।” सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले सुदूरपश्चिमको पर्यटन विकासका लागि प्रदेश मन्त्रालय सदैव अग्रसर रहेको बताए । 
 

प्रकाशित मिति: ०७:०९ बजे, बिहीबार, माघ ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्