Kathmandu Press

नयाँ अध्ययन भन्छ, ‘गाइहरू एकअर्कासँग आवाजबाटै कुरा गर्छन्

एउटा नयाँ अध्ययनले गाइहरू एक अर्कालाई आफ्नो भावना सुनाउँछन् भन्ने खुलेको छ।

गाइको आवाज विशिष्ट हुने र उनीहरूको भावना अनुसार तान पनि भिन्न हुने सिड्नी विश्ववि....

नयाँ अध्ययन भन्छ, ‘गाइहरू एकअर्कासँग आवाजबाटै कुरा गर्छन्

एउटा नयाँ अध्ययनले गाइहरू एक अर्कालाई आफ्नो भावना सुनाउँछन् भन्ने खुलेको छ।

गाइको आवाज विशिष्ट हुने र उनीहरूको भावना अनुसार तान पनि भिन्न हुने सिड्नी विश्वविद्यालयले गरेको एक अध्ययनमा पत्ता लागेको छ। अध्ययन प्रतिवेदनकी मुख्य लेखक एलेक्सान्ड्रा ग्रिन भन्छिन्, “गाइहरू मिलनसार सामाजिक प्राणी हुन्। एक तरिकाले उनीहरूले जीवनभरि आफ्नो पहिचान दाबी गर्नु कुनै अचम्मको विषय होइन।”

यो विशेषताको निर्णायक प्रमाण जुटाउनलाई पहिलो पटक स्वर विश्लेषण गर्न सफल भएको उनले बताईन्। ‘‘बथानसँग सम्पर्क गर्न, उत्साह, कामोत्तेजना, वा तनाव व्यक्त गर्न गाइले स्वरको प्रयोग गर्ने अध्ययनमा पत्ता लागेको छ’’ उनले भनिन्, ‘आफूले अध्ययन गरेको पशुका बारेमा ग्रिनले भनिन्, “उनीहरूको स्वर विशिष्ट हुन्छ। बथानमा नहेरी नै स्वरकै आधारमा म गाइ चिन्नसक्छु।”

Hardik ivf

उनले गाइको आवाज रेकर्ड गरेर स्वरको तानको आधारमा निश्चित परिस्थितीमा उनीहरूको कति उत्तेजित वा कामुक छन् भनेर विश्लेषण गरिन्।
“सबै कुरा उनीहरूको भावनासँग जोडिन्छ,” उनले बताइन्।

अघिल्ला अनुसन्धानमा माउ र बाछाबाछीले आवाजमार्फत् सम्पर्क गर्ने गरेको देखिएको छ। तर नयाँ अध्ययनले गाइहरू जीवनभर कसरी कराउँछन् र कुरा गर्छन् भन्ने विश्लेषण गरेको छ।

अध्ययन गरिएका पशुले यौनमा सक्रिय भएको अवस्थामा एकअर्कासँग कुरा गरेको पत्ता लागेको छ। पर्खिदाँ, खाना नदिदाँ र समूहबाट छुट्याएर राख्दा पनि उनीहरू कुराकानी गर्ने गरेको पत्ता लागेको छ।

सिड्नी विश्वविद्यालयले गरेको सो अनुसन्धान साइन्टिफिक रिपोर्ट्समा प्रकाशन गरिएको छ। अनुसन्धानको क्रममा गाइको स्वरका ३३३ नमूना संकलन र विश्लेषा गरिएको छ।

“एलेक्सान्ड्राको अनुसन्धान वास्तवमै उत्प्रेरक छ। यस्तो लाग्छ कि उनले गाइका लागि गुगल ट्रान्सलेट बनाइरहेकी छिन्,” विश्वविद्यालयका सहायक प्राध्यापक क्यामरून क्लार्कले बताए।

यो अनुसन्धानले कृषकलाई पशुको भावनात्मक अवस्था बुझ्न र पशु कल्याणमा सुधार ल्याउन सहयोग पुग्ने एलेक्सान्ड्राले आशा गरेकी छिन्।
सन् २०१८ मा गरिएको एउटा अध्ययनमा पशुले पनि मानिसजस्तै सञ्चारसम्पर्क गर्ने पत्ता लागेको थियो।

संवाद गर्दा पालैपालो बोल्ने शैलीले मानव भाषा पशुको कुराकानीभन्दा विशिष्ट रहेको मानिन्थ्यो तर यो अध्ययनले यो विशेषता पशु राज्यभरि नै रहेको पत्ता लगाएको छ।
इन्डीपेनडेन्ट

प्रकाशित मिति: ०६:५३ बजे, बिहीबार, माघ ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्