बराबरीमा रोकिए चेल्सी र लिभरपुल
चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा दुवै टिमले गोल गर्ने केही राम्रा अवसरहरूलाई खेर फाले ।
काठमाडौं, चैत २२ : इंग्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुलले गोलरहित बराबरीको खेल खेलेका छन्।
दुवै टिमले गए राति भएको खेलमा गोल गर्न नसकेपछि अंक बाँडेका हुन्।
चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा दुवै टिमले गोल गर्ने केही राम्रा अवसरहरूलाई खेर फाले ।
यो बराबरीपछि लिभपुल २८ खेलबाट ४३ अंकसहित लिगको आठौं स्थानमा छ। २९ खेलबाट ३९ अंक रहेको चेल्सी भने ११ औं स्थानमा रहेको छ।
प्रकाशित मिति: ०८:५२ बजे, बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार