एनआरटीसँग रोकियो चर्च बोइज
मंगलबार भएको खेलमा २ गोलको अग्रता जोगउन नसक्दान चर्च बोइज एनआरटीसँग २–२को बराबरीमा रोकिएको हो।
काठमाडाैं, चैत २१ : चर्च बोइज क्लब न्युरोड टिम एनआरटीसँग बराबरीमा रोकिएको छ।
मंगलबार भएको खेलमा २ गोलको अग्रता जोगउन नसक्दान चर्च बोइज एनआरटीसँग २–२को बराबरीमा रोकिएको हो।
च्यासल मैदानमा भएको खेलमा २०औं मिनेटमा आशिष चौधरीले गोलमा चर्च ब्वाइजले सुरुआती अग्रता लियो। पहिलो हाफ १–०मै सकियो।
६२औं मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजलाई २–० को अग्रता दिलाए । तर, खेलको ७१औं मिनेटमा रोशन खड्कीले गोल गर्दै एनआरटीलाई २–१ को स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा सरोज तामाङले गोल गर्दै एनआरटीलाई २–२ गोलको बराबरीमा ल्याए।
यो बराबरीपछि चर्च बोइज १२ अंकसहित दोस्रो स्थानमा छन्। एनआरटीको भने ३ अंक मात्र छ।
प्रकाशित मिति: १८:०४ बजे, मंगलबार, चैत २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











